कल्पना भन्छे अझै उडु, रहर भन्छे औधी लाग्यो थकाई
सन्तोषसँग नाता जोड्छु, ताराको देश तिमिलाइ बधाई
सुम्सुम्याउँछ त्यो सिरक, सिरानी उही मेरो पुच्छ आँसु
खाट मुर्धो मौन बस्छ, निष्ठुरी रातले चिमोट्दा मलाई
नडुबे हुन्छ घाम, न-उदाए नै तिमि नै भन म के गरु अब
दिनले छाला काढे पछि, नून बोकी रात जाइलाग्छ समाई
कट्टी भनिन निदरिले, चिसो खाट र अनन्त रात देखेर
बिकल्प तिम्रो पछि लाग्यो, भलो गर न बरु आगो लगाई
दोषी र मतियार कोही, सजाय कसैलाई ईश्वर मुक दर्शक
खोज्दैछ”टक”त्यो अदालत जहाँ मिल्छ यो अन्यायको दबाई
