Skip to content

bhimsen khadka

जलप

जलप
कता कता मुटु आज अचानो मा दुखे जस्तो
आफ्नै आँखा भित्र आँशु तर्सिएर लुके जस्तो

तिमि टाढा भए देखि बाचा कसम खाको छैन
ओत लाग्ने ज्यानले आज चौतारीनै पाको छैन

फुलै फुलको सिरानीमा काडा पनि देकी थियेउ
छोडी जाने बेला तिम्ले फिर्ता मुटु लेकि थियेउ

आफ्नै मुटु आफै संग जोडिनलाइ गार्हो हुदा
याद आउछ अझै मलाई पैचो मागी तिम्ले रुदा

सुनको जलप लगाएर तामा जस्तो माया दियेउ
बजारमा बिकाएको सस्तो मलाई छाया दियेउ