Skip to content

sagunsaman

BhimsenKhadka

कर्तव्य

कामको सिलसिलामा बिर्खे तराई झरेको ५ वर्ष पुग्यो होला । कहिले गयो अनि कति भयो खासै उसलाई हेक्का छैन । तर उसलाई लागेको छ धेरै भयो । तराईका एक जना जमिन्दार को घरमा काम गर्छ अनि चाड पर्वमा पहाड झर्छ । कहिले पहाड कहिले तराई उसको पानी पधेरो भएको छ । तर जमिन्दार बुढा अलिक संकी छन् । उनको बानी बेहोरा अलि फरक छ पहाडियासँग । उनले पहाडिया र मधेशी बीचको खाडल देखेका छन् । दुवैले दुवै लै होच्याउने प्रवृति चलिराखेको छ । उनले पनि त्यही गर्छन जो अनपढ अनि गाबरले गर्छ । पहाडियासँग उनको नकारात्मक सोच । लाग्छ उनीलाई पहाडियासँग अर्को रगत छ। यस्तै गरी समय चल्दै छ ।

एकता

कोहि छ पहाड कोहि छ तराई कोहि छ हिमाली
येउतै छ भाषा येउतै छ जाति नाम छ नेपाली !!

जनजाती भनि हेपिनु हुन्न सिर्जना देशका
भेस र भूसा गहना हाम्रा नाम छ नेपाली !!

मर्दाका र पर्दा दिएको हात सांछी छिमेकि
दुख र सुख मिलेरे बस्ने नाम छ नेपाली !!

गासेर दिए पुर्खाले आज फूलका मालालाई
फुलाई राख्ने फुलेर बस्ने नाम छ नेपाली !!

कोहि छ पहाड कोहि छ तराई कोहि छ हिमाली
येउतै छ भाषा येउतै छ जाति नाम छ नेपाली !!

युग

र्ने त मरेर गए , यो पापी संसार छोडेर गए
तर बाच्नेहरू हरेक पटक मरेकों देखेको छु !!

भुचालो हरू ले त एक पटक दुख्यो होला
तर जाडो र घामले पोलेको धेरै देखेको छु

मरेकों सरिर माथि राजनीति गर्ने ये मान्छे
तारे होटलमा पखेटा लुसेको देखेको छु !!

एक पोका नुन अनि एक बोरा चामल
कालो बजारमा बेचेको देखेको छु !!

लुछा चुडी अनि झगडा त छोड अब
नत्र भने तेही बादर को युग देखेको छु !!

मर्ने त मरेर गए , यो पापी संसार छोडेर गए
तर बाच्नेहरू हरेक पटक मरेकों देखेको छु !!

मेरो देश

सुखमा छ कि दुखमा छ, आँसुमा छ कि हासोमा छ
हराएको मेरो देश साथी तिम्रो पोल्टामा छ कि !!

पीडामा थल्थलिएर जिउदो शरीर बाँचेकी
बिमारी मेरो देश साथी तिम्रो फोक्सामा छ कि !!

तिमीसँग

जिउदा जिउदै मरे भने पिउदा पिउदै ढले भने
माफ गर मेरी हजुर नजरभित्र बसे भने
हास्ने लत बसेको छ आजभोलि तिमीसँग
सँगै देख्ने बानी बस्यो सपनी नि तिमीसँग

जलप

जलप
कता कता मुटु आज अचानो मा दुखे जस्तो
आफ्नै आँखा भित्र आँशु तर्सिएर लुके जस्तो

तिमि टाढा भए देखि बाचा कसम खाको छैन
ओत लाग्ने ज्यानले आज चौतारीनै पाको छैन

फुलै फुलको सिरानीमा काडा पनि देकी थियेउ
छोडी जाने बेला तिम्ले फिर्ता मुटु लेकि थियेउ

आफ्नै मुटु आफै संग जोडिनलाइ गार्हो हुदा
याद आउछ अझै मलाई पैचो मागी तिम्ले रुदा

सुनको जलप लगाएर तामा जस्तो माया दियेउ
बजारमा बिकाएको सस्तो मलाई छाया दियेउ

बेहोसी

कुरा धेरै पटक भयो अनि सम्झौता पनि
मेरो बेहोसीमा तिमी अचानो भएको
मेरो बेहोसीले तिम्रो आदर्श कुल्चेपछि
अझ पनि किन मौन साथी
तिम्रो सालिनतामा मानौ सागर देख्छु
तिम्रो आँखामा मेरो लागि साथी देख्छु

भुल

फूलै तिमी सुहाउने किन फुल्यौ काडासँग
भाचिएको पुल जस्तो नाता पर्यो तिमीसँग
तड्पिएर बसेकी छ्यौ धेरै पटक मर्दै मर्दै
आँशु पनि सुके होलान मेरो बाटो हेर्दा हेर्दै

बिधुवाको जिन्दगी छ सिउदोभरि सिन्दुर हुँदा
मुर्ती जस्तै भएकी छौ सुहागले शरिर छुदा
धेरै माया किन गरौ भुल्ने गारो हुन्थ्यो भने
मबिनाको जीवन तिम्लाई जिउन सारो हुन्थ्यो भने

टीका

यसपाली नि मैले आमा टीका थाप्न आउन पाइन
घरमा पानि चुदै होला टिनको छानो छाउन पाइन
ओइलाएका रहरहरू आसा हुन्छ पलाउने
यसपाली नि बाढी चल्यो मेरै मन गलाउने

सबको आउने दसैं आमा हाम्रो घरमा छैन होला
सातै दिनको जमराको बास पनि छैन होला
मन दुख्ला भारि होला अरूलाइ देखेपछि
अर्को साल पक्कै आउछु दशैं खर्च पुगेपछि

कारण

एउटा मेरो चिनो लिएर ,एउटा ज्योति लिएर
नफर्कने बाचा गरेर उनि हराईन
मैले दिएको घाऊ लिएर ,मलाई अर्को पिडा दिएर
नआउने बाटो गरेर उनि गईन
पर्ख भनेर हात समाऊन नपाउदै छुटी सकेछन
नतमस्तक बनेर बसी रहे मेरा जाली आँखा हरू
माफी माग्ने हत्तार हुदा हुदै टुटी सकेछन
तारा बनेर बसिन उनि म भए उजाड पाखाहरू
उनका मन बचन पोखीदिए लोटाउन मिलेन आसा
भिजेका थिए आँखाहरू ओभाएंन उनि जादा पनि
कुस्ट एउटा पापी मन लिएर बाचेको छु
प्रायेस्चित को भुमरी मा अल्झीएर
उनको छाया खोज्दै नचिनेका गल्लि संग
उनका माया खोज्दै देख्ने अन्धो बनेको छु
बिना यात्रा को यात्री बन्दै
सास बिताउने बाटो खोज्दै छु

संगिनी

किन किन अरू भन्दा तिमि सार्हो राम्री देख्छु
भुल गरेकी पाप गरे जता ततै तिमि देख्छु
बर्णन गर्न कति गार्हो तिम्रो जालमा परि सके
तिम्रो नाम जप्दा जप्दै लौन म त मरि सके //

हजारौम तिमि एउटा मन परेकी मान्छे परयेउ
मेरै दिल म़ा बास बस्ने तिमि मेरो भान्छे परेयु
तिम्रो आँखा भन्दा राम्रो अरू कुनै देख्या छैन
मुटु भरि तिम्रै नाम अरू कुनै लेख्या छैन //

तिम्ले टेक्या पाइला पनि हेरू हेरू जस्तो लाग्छ
डेरा जमाई तिम्रै दिलमा सरू सरू जस्तो लाग्छ
कस्तो रोग तिम्रो सर्यो रोगि बनि बाचु जस्तो
सधै भरि तिमि लै अंगालो म़ा बाधु जस्तो

मझेरी

दुई अक्षर यो कस्तो बन्यो माया गर्नेहरूको
म जिउदै छु मरेको छैन मर्न पनि तिमीले दिएनौ
केही नासो केही गुनासो लिएर बाँचेको छु
तिमीले दिएको यही हो कथा मेरो

आउछ त्यो पक्कै आउछ तर थाती नै बसे मेरा यादहरू
घाम बित्यो जून डुब्यो तर फर्केर आएन मेरा यादहरू
झनै धेरै माया लाग्यो दिलै तोडी गएपछि
चोटै चोटमा हास्न थाले मनै रोगि भएपछि