Skip to content

मनोज ढुंगाना

ManojDhungana

दोश्रो बिहे

जुनेली र मदनको वैवाहिक जीवनले आज सोह्रौँ वसन्त पार गरिसकेको छ । मदन पेशाले सफल ब्यापारी हुन् भने जुनेली गैर सरकारी बिद्यालयकी शिक्षिका । परिवारमा एक छोरा मिलन अनि छोरी बिन्दु सहितको सानो परिवार अनि भौतिक सुविधा सम्पन्न बडेमान घर । स–साना पारिवारिक खुसीहरूमा पनि यिनीहरूले टोलै हर्षौल्लासमय बनाउने गर्दछन् । घरेलु नारीको आफ्नो स्वाभिमान तथा स्वतन्त्रता एवं समाजका हरेक क्षेत्रका उदाहरण हुन मदन र जुनेलीको जोडी ।

एउटा हुरी जिन्दगीको

एउटा हुरी जिन्दगीको भुल्न सकिएन
जिवनमा उनको सामु खुल्न सकिएन ।
मन भरि उनीलाइ सजाउँदै हिंडे पनि
मौका मिल्दा उनी सँग डुल्न सकिएन ।
जाउँन घुम्न शहर भनि अफर नआ हैन
गोजी रित्तो हुँदा अघि बढ्न सकिएन ।
डर थियो उनले मलाई के पो सोच्लिन् भनि
मन भित्रका उनका माया पढ्न सकिएन ।
साह्रै मायाँ गर्दिरहिछन्, पछि थाहा पाएँ
उनको सिउँदो सिंदुरले भर्न सकिएन ।

भन्न सक्दिन

लाजले हो कि डरले लुकायौ भन्न सक्दिन
मनको गाँठो कसरी फुकायौ भन्न सक्दिन

सपनाहरू धेरै देखे होलान तिम्रा बा आमाले
मेरा लागि कसरि चुकायौ भन्न सक्दिन

नजुरेको पोई

“भान्जी हजुर तयार हुनुभो त ?” माइजूको आवाजमा म झस्किएँ ।

“किन र माइजू, कहाँ जाने ?”

“बजार जाने होईन, म त तयार छु, हजुरको केही ल्याउनु छ कि?”

“म त अस्ति भर्खर गएकै हो नि माइजू, हजुर मात्रै जानु न ।”

“ल.., मेरो त के काम छ र, म त हजुरको लागि जान लागेको ।”