Skip to content

manusharma

यौन समस्या केन्द्रित ‘म र काठमाडौँ ’ : एक अवलोकन

१. कथाकार परिचय
विविध साहित्यिक पत्रपत्रिकाहरूमा निरन्तररूपमा कविता, कथा, लेखहरू लेख्ने कार्य गर्दै हेटौंडा जेसीस, कम्प्युटर एसोसिएसन नेपाल, मकवानपुर, हेटौंडा बजार लायन्स क्लव (संस्थापक अध्यक्ष), एमनेस्टी इन्टरनेशनल, बी.पी. आलोक अध्ययन मञ्चजस्ता विविध संस्थाहरूमा समेत संलग्न रहेर सामाजिक, सांस्कृतिक, साहित्यिक आन्दोलनमा अग्रणी भई जीवनरथ हाँकिरहेका हेटौंडा–४, बासुदेवमार्ग, मकवानपुरका साहित्यकार मनोज ढुङ्गाना नेपाली साहित्य धरोहर निर्माणका युवा योद्धा हुन् ।

ManojDhungana

दोश्रो बिहे

जुनेली र मदनको वैवाहिक जीवनले आज सोह्रौँ वसन्त पार गरिसकेको छ । मदन पेशाले सफल ब्यापारी हुन् भने जुनेली गैर सरकारी बिद्यालयकी शिक्षिका । परिवारमा एक छोरा मिलन अनि छोरी बिन्दु सहितको सानो परिवार अनि भौतिक सुविधा सम्पन्न बडेमान घर । स–साना पारिवारिक खुसीहरूमा पनि यिनीहरूले टोलै हर्षौल्लासमय बनाउने गर्दछन् । घरेलु नारीको आफ्नो स्वाभिमान तथा स्वतन्त्रता एवं समाजका हरेक क्षेत्रका उदाहरण हुन मदन र जुनेलीको जोडी ।

BirkheAnjan

“म र काठमाण्डौं” मा मनोज ढुंगानाको कथा कारिता

१. प्रारम्भिकीः परिवृत
मनोज ढुंगाना नेपाली साहित्यका सक्रिय, सरल र सालिन ब्यक्तित्व हुन । सानै उमेरवाट साहित्य सिर्जनामा आफुलाई समाहित गरेर आफ्नो वौद्धिकताको झलक प्रस्तुत गर्न अग्रसर यिनको उपस्थितिले नेपाली साहित्यिक इतिहासमा आफ्नो प्रभुत्व जमाउन उद्यत जुझारु युवा स्रष्टा त हुन्नै यसको अतिरिक्त मानव जीवनमा आवश्यक पर्ने निष्ठा, सहयोग र सौहाद्रतालाई आत्मासाथ गर्दै समाज सेवामा निलिप्त साँचो अर्थका एक् होनहार व्यक्ति पनि हुन् । यसको प्रमाण कम्प्युटर एसोसिएसन नेपाल मकवानपुर, हेटौडा वजार लायन्स क्लव, एमनेष्टी इन्टरनेसनल, वी.पी. आलोक अध्ययन मञ्च हेटौडा, सहिद स्मारक विकास समिति हेटौंडा, सामुदाथिक सेवा समिति हेटौडा, नेपाल रेडक्रस सोसाइटी हेटौंडा, नेपाल स्रष्टा समाज काठमाण्डौ, नेपाल अर्वुद रोग निवारण संस्था मकवानपुर, मातृभूमि साहित्य समाज हेटौंडा लगायत विविध संघ संस्थामा आवद्ध रही आफ्नो श्रम र सिर्जनाले समाजलाई सिधार्न उद्यत हुनुले थिनको सक्रियताको संकेत मात्र गरेको देखिदैन कि थिनी भित्रको आत्मीयताको पनि झलक स्पष्ट हुन्छ ।

एउटा हुरी जिन्दगीको

एउटा हुरी जिन्दगीको भुल्न सकिएन
जिवनमा उनको सामु खुल्न सकिएन ।
मन भरि उनीलाइ सजाउँदै हिंडे पनि
मौका मिल्दा उनी सँग डुल्न सकिएन ।
जाउँन घुम्न शहर भनि अफर नआ हैन
गोजी रित्तो हुँदा अघि बढ्न सकिएन ।
डर थियो उनले मलाई के पो सोच्लिन् भनि
मन भित्रका उनका माया पढ्न सकिएन ।
साह्रै मायाँ गर्दिरहिछन्, पछि थाहा पाएँ
उनको सिउँदो सिंदुरले भर्न सकिएन ।

भन्न सक्दिन

लाजले हो कि डरले लुकायौ भन्न सक्दिन
मनको गाँठो कसरी फुकायौ भन्न सक्दिन

सपनाहरू धेरै देखे होलान तिम्रा बा आमाले
मेरा लागि कसरि चुकायौ भन्न सक्दिन

नजुरेको पोई

“भान्जी हजुर तयार हुनुभो त ?” माइजूको आवाजमा म झस्किएँ ।

“किन र माइजू, कहाँ जाने ?”

“बजार जाने होईन, म त तयार छु, हजुरको केही ल्याउनु छ कि?”

“म त अस्ति भर्खर गएकै हो नि माइजू, हजुर मात्रै जानु न ।”

“ल.., मेरो त के काम छ र, म त हजुरको लागि जान लागेको ।”

नेपालीको बानी चेन्ज

भनिन्छ तरबार र कलमको लडाइँमा अन्तिम जित कलमको हुन्छ तथापी हामीले हाम्रा ईतिहांसहरू पल्टाएर हेर्दा कर्यौ पटक कलमलाई तरवारले काटिदिएको उदाहरण पाउन सकिन्छ ।

बदनाम हुदैछु म तिम्रै कारणले

भनिन्छ संसारमा सबैभन्दा चोखो उमेरमा लाएको माया प्रीति हो रे, तर आज भोली मायाप्रीति विद्यालय र विश्व विद्यालयका अल्लारे नानी बाबुहरूको कब्जामा पर्न थालेपछि उतिबेलाको परिभाषा बदनाम हुदै गएको छ l यसमा प्रमुख भूमिका निभाएको छ पश्चिमी संस्कृति तथा मल्टिमिडीया मोबाइलले l

हुन त आजको परिवर्तनकारी युगमा सारा दोषहरू विद्यार्थीको काधमा थोपरेको भनेर सोझा विद्यार्थीहरू लाई नरमाइलो पनि लाग्ला तर म दोषारोपणको लागि वाध्य छु l

नारी समानता र स्वतन्त्रता

नारी, जसलाई समाजको आधा आकाशका रुपमा हामी मान्दछौ । ईतिहाँसलाई केलाएर हेर्दा नारीहरु धेरै पिछडिएको पाइन्छ । बंशावलीहरुमा पिताको थरले प्रश्रय पाउनु, सानो उमेरमा बिवाह, आप्mनो जन्म घर छोडेर जानुपर्ने परिपाटीहरुले पनि नेपाल पितृ प्रधान देश भएको र नारीको स्थान दोश्रो नम्बरमा रहेको प्रष्ट पारेकोछ ।

अस्तित्व

गणतन्त्र, लोकतन्त्र मेरो अतित होइन,
तथापि मलाई लाग्यो आज परिवर्तन प्यारो ।

स्वतन्त्र बोल्न नपाइने राणा शासन होइन,
भोको पेटमै पनि बोल्न पाइने लोकतन्त्र प्यारो ।

सर्वोच्च शिखरले परिचित देश होइन,
मलाई अनुदानको भीख माग्ने नेपाल प्यारो ।

ManuSharma

यौवनका लोग्ने मानिस

मनका राजा मानिकन तिमीसँग भागी आएँ,
बा आमाले दिन्नन भनी तिम्रो साथ लागी आएँ ।
एक चुट्की सिन्दुर मैले, सधै तिम्रै लागि लाएँ,
तिम्रो सृष्टि रच्ने निहुँमा, मैले कस्तो भाग्य पाएँ ?

चोखो माया जुनीभरि, गरिरहन्छु भन्थ्यौ पहिले,
सँग-सँग उत्सवहरू, सम्झिन्थ्यौ जहिले ।
जन्मदिन तिम्रो प्रियसीको, सम्झिने छाड्यौ अहिले,
मभन्दा नि माया गर्ने, अर्कीको छ अहिले ?