मोतिप्रसाद भट्टराई
अब जान्न म भीडन्तमा
सुनसान गाउँ, छरिएको वस्ती
विल्कुल् सन्नाटा, छैन मानिसको आवाज कतै
म एक्लो बालक् टोलाइरहेकोछु,
खाली आकाश हेरेर, टोलाइरहेकोछु खाली आकाश हेरेर ।
त्यही निर्जन गाउँ हो मेरो घर
त्यही एकान्त पहाडको फेदिको वस्ती
बिहानीको भालेको डाक्, चराहरूको कर्याङ कुरुङ आवाज
तीनै हुन् मेरो जिन्दगीका आधार
साथीहरू झोला बोकी, राम्रा राम्रा नाना लगाई
गफ गर्दै हाँस्दै, जाँदै थिए, सोधें कसैलाई
कहाँ जादैछन्, स्कूल पढ्न गएको सुनें
सुनें स्कूल पढ्न गएको
के, कसरी, कहाँ स्कूल सोधें, छैन मलाई पत्ता
बेसहारा म, एक्लो म “छैन मलाई पत्ता”–२
