तिम्रो मेरो भेट
पहिलो चोटि भेट हुँदा मुस्कुराकी थिइन
दोस्रो चोटि भेट हुँदा आँखा जुधाई दिइन ।
रातो लालि ओठमा, न्यू बानेश्वोर चोकमा
तेस्रो चोटि भेट हुँदा फोन नम्बर लिइन ।
फोनको कुराकानी, बढ्दै गयो चिनाजानी
चौथो चोटि भेट हुँदा सँगै बियर पिइन ।
सुनसान त्यो रातमा, जवानिको मातमा
पाँचौ चोटि भेट हुँदा दुईटा मुटु सिइन ।
खट्पट सुरु भयो, आखिर बाँकी केनै रह्यो
आज भोली भाछ जीवन भेटघाट बिहिन ।

नयनभरि