Skip to content

सजल महेश आचार्य

तीन मुक्तक (धीर छैन, शुभकामना थियो, जीवन भो)

(१)
एकैछिन तिमी विना रहुँला ममा धीर छैन
तिमी नै छौ सम्झनामा अरु केही पीर छैन
हावासँग पनि इर्ष्या लाग्छ तिमीलाई स्पर्श गर्ने
तिमी नजर परेदेखि तनमन केही थिर छैन ॥

परदेशीलाई कुर्दाकुर्दै

परदेशीलाई कुर्दाकुर्दै बित्ने हो कि जीवन
आँखाभरि खुसी बोकी कैले आउला त्यो दिन ?

बिर्सियो कि निश्ठुरी भई, पठाउँदैन खवर
आफैं भेट्न जान्थें बरु, कुन होला शहर ?
बटुवाहरू देख्दा झुक्किरहन्छु म छिनछिन
आँखाभरि खुसी बोकी कैले आउला त्यो दिन ?