परदेशीलाई कुर्दाकुर्दै सजल महेश आचार्य गीति कविता मधुपर्क २०६२ माघ by achsjlMarch 17, 2013परदेशीलाई कुर्दाकुर्दै बित्ने हो कि जीवन आँखाभरि खुसी बोकी कैले आउला त्यो दिन ? बिर्सियो कि निश्ठुरी भई, पठाउँदैन खवर आफैं भेट्न जान्थें बरु, कुन होला शहर ? बटुवाहरू देख्दा झुक्किरहन्छु म छिनछिन आँखाभरि खुसी बोकी कैले आउला त्यो दिन ?