फूलले भन्यो-
“मेरो सुगन्ध
मेरो सौन्दर्य
सुँघ र हेर परैबाट
जीवनको रङ छाम्नेछौ हृदयले”।
मैले भनें- “तिमी मेरै ह्वौ”
र दिएँ एक विषालु चुम्बन
फूल मुर्झायो, झुक्यो र लत्र्यो
सौन्दर्यको हत्या गरेर
रङहरूलाई रूवाएँ
मालाले तिमी छपक्क छोपियौ
तिम्रो शीर फूलको थुम्कोबीच पुरियो
क्यामराहरूले आँखा सन्काएः झिमिक्-झिमिक्-झिमिक्
केही बेरपछि नै हामी मालाहरू
सडक छेउका नालीमा मिल्कियौं ।