देविचरण भण्डारी
क्षितिज पारी
क्षितिज पारी
क्षितिज पारी मनको भारी बिसाऊँ भन्छ मन
सक्तैन पुग्न चाहेर पनि गरुङ्गो हुन्छ तन
ती डांडा -पाखा बादलका थुम्का चुमौं झैँ लाग्दछ
बनेर चरी आकाश छाउने रहर जाग्दछ
नेपथ्यबाट इशारा गरी कसैले बोलायो
फर्केर हेर्छु देख्तिन केही मन त्यसै टोलायो
प्रक्रिति संगै फुलेको देख्छु संगीत बनमा
त्यो सप्तरंगी इन्द्रेणी बस्छे आएर मनमा
पुलकित हुन्छु रोमान्चित बन्छु त्यो दृश्य देखेर
भमरा बनि नाच्न मन लाछ डालीमा टेकेर
माहुरी आई चुस्तछ रस सुगन्ध फूलको
काडेर मह शोषण गर्नु मान्छेको भूल हो
काम गर्छ माहुरी खोस्दछ मान्छे निस्ठुरी बनेर
बन्दकर्तालाई सुझाव
गर्छौ बन्द कति भयो अति खति अधोगति देशको
बुझी-बुझी पचाउछौ बुझ भने भन्नै पो के बाँकी भो
छन् बिकल्प कति-कति अरु पनि छाडेर बिकल्प ति
बन्दै मात्र रोजेर बन्द गरछौ सुध्रेन तिम्रो मति
भित्ते पात्रो बनाई बर्ष दिनको लगाई घेरो त्यहाँ
कसले कुन दिनमा हो बन्द गरने गरौँ न रुटिनमा
रेडियो टीभी वा खबर कागजमा गरेर बिज्ञापन
गरौँ बन्द मिली क्रमैसंग सबै देखाई आफ्नोपन
यति गर्न सके क्यालेन्डर हेरी यो देश चल्ने थियो
न हुन्थ्यो तोड-फोड बाटा-घाटा महा टायर न बल्ने थियो
बायुमंडल नि सफा हुने थियो रोगब्याध घट्ने थियो
कटौती भई खर्च जन्-जन महाआम्दानी बढ्ने थियो

