Skip to content

मीलन एस.डी. “गुरु”

Milan

विवाह पछिको प्रेम

विवाह पछिको प्रेमको रंग बदलिएको छ
निस्वार्थ भावहरु स्वार्थले लतपतिएको छ
आफनै वाचा कसम पनि वेकार भएको छ
जीवनसाथी कै हातवाट आफनै पृष्टभुमी च्यातिको छ
हो मेरो प्रेमको सुभाष दुर्गन्ध भई फैलिएको छ
ममाथी राखेका आमा वुवाको सपना भताभुग भएको छ
आफनै जन्म दिने आमा वुवावाट पनि ढाढिएको छ
विवाह पछिको प्रेमले मलाई एकलो बनाएको छ

तिनको मधुर शब्द पनि तितो भई बदलिएको छ
तिनमा वर्तमान भन्दा पनि भविष्यको चिन्ताले छाएको छ
अरुलाई देखाउने भए पनि पहिरन र सृगार चाहिएको छ
मेरो प्रेमको दिप लाग्छ आज भोली निभएको छ
म र मेरा घर भन्दा पनि माईत र अरुकै चिन्त छ

Milan

साथीत्व बनाउने विस्वास देउ

मैले एकहोरीएर हेरी रहे,
तीनले पनि मधुर मुस्कान ओठमा लिदै
मलाई कर्के नजरले हेरीरहे
तीनको नजरमा मैले हेर्न थाले
तीनको नजरमा चोखो प्यार पाए
त्यही नजरको गहिराईमा आफै हराए

त्यो नजरको गहिराइर्ले ह्दयलाई छोएछ
ह्दयमा बस्ने सानो ठाउ पो मागेछ
त्यो तन होईन मलाई मधुर मुस्कान देउ
दुई हातको स्पर्ष होईन साथीत्व बनाउने विस्वास देउ
यी हात अरुकै नाम भए पनि नजर भरीको प्यार लेउ
मायाले भरिएको ह्दय भरिको संसार लेउ

तिमीले देखेका हातहरु अरुकै भए
यो तन अरुकै धन भए
तिम्रै लागि भनिएको सिउदो पनि अरुकै भए
यी पाईलाहरु पनि तिम्रो बस्तिलाई छोडेर गए

picture-3231

आफनै हासो पनि विर्से छु

वियोगको पिडाले भौतारिदा भौतारिदै
आफनै हासो पनि विर्से छु
वैगुनीको वैगुनमय छायामा हिडदा हिडदै
आफनै संसार पनि अन्तै पो छोडेछु

सुन्दर संसार बनाउने सपना बुन्दा बुन्दै
आफनै संसारलाई भुलेछु
मायाको संसारमा खेल्ने आश गर्दा गर्दै
निराश र विछोडको दुनियामा पुगेछु

कथाको असल पात्र बन्ने चाहाना लिदा लिदै
एकलो पात्र पो बन्न पुगेछु
मायाको सागरमा पौडिन खोज्दा खोज्दै
आफनै संसार पो डुवाए छु

उनको मायामा प्रितको भाव खोज्दा खोज्दै
आफै अभावमा बाचेको छु
यौवनकालको एकलो यात्रा हिडदा हिडदै
मातापिताको पनि साथ गुमाएको छु

नदेखीने मायाको छाहरीमा बस्दै बस्दै
उठनै नसकने गरि निदाएको छु

picture-3231

सागरको शिर हो हाम्रो सागरमाथा

नेपाली रगतको थोपा थोपामा छ सम्बन्ध र नाता
सागरको शिर झै देखिने हाम्रो सागरमाथा
बनेर बसेको छ विस्वमै शिखरमय एउटा छाता
विस्वमै नेपालीको शिर उच्च राख्ने मेरो प्यारो सागरमाथा

विश्वलाई ल्योभ्यादै शिरले आकाशलाई छुन खोजछ
फेदवाट मुल फुटाई सागरमय गरिहाई नापन जान्छ
सप्तकोशी, कर्णाली सगरमाथाकै फेदवाट वग्दछ
बुद्धभुमी नेपाल, सर्वाेच्च शिखरको देश, सवले चिन्दछ

मेटाउ कसोगरि यो तनको प्यासलाई ?

ह्दयको चाह कसरी सुनाउ तिमी बाहेक अरुलाई ?
मेटाउ कसो गरि तिमी वाहेक यो तनको प्यासलाई ?
पर्खिरहेको छु तिमी आउने वाटो कुर्दै इच्छा सारा लुकाई
लाजको गहना सदाको निम्ति सुम्पन तिमीलाई

ओठ मेरो सलवलाई रहन्छ अर्कै ओटको निम्ति
आफनै अंगले आफैलाई लगाईरहन्छ काउकुती
सहजै दिनहरु ढल्छ कठिन बनेको छ हरेक राती
यो तनले स्पर्ष चाहन्छ केवल तिम्रो नै छाती

कस्तो प्यास हो यो मेटेर पनि नमेटिने ?
कस्तो कठिनाई हो यो स्पर्ष विना तडपिरहने ?
मनलाई रोकन खोज्न पनि कठिन नै हुने
प्यास विहिन जिवन पनि सार्थकै नहुने

प्रकृतिको शक्तिले बनेको यो प्यास नदेखिने गरि आउछ
तन मन उमंग गरि ह्दयमा हलचल मचाउछ

तिम्रो सिउदो रग्याउनु पनि ब्यर्थै भयो …..

मबाट तिम्रो सिउदो रग्याउनु पनि ब्यर्थै भयो
आधा बाटो हिडदा हिडदै हाम्रो सम्वन्ध टुटेर गयो
प्रेमले भरिएका सपनाहरु छताछुल्ल भई पोखियो
सपना हेर्ने आखा पनि अनायस अरुवाट लुटियो

आगोलाई साची राखि तिमीलाई अपनाएर पनि
सहज विताउन सकिन मैले तिम्रो साथ एक जुनि
संगै हिडने बाचा खाई दोवाटो मा नचाहेरै पुगियो
आधा बाटो हिडदा हिडदै हाम्रो सम्वन्ध टुटेर गयो

चकेवाको जोरी जस्तै हामा्रे माया थियो
कुन निष्ठुरको नजरबाट हामीलाई छिया पारयो
मेरो नामको सिन्दुर पनि सिउदोमा विरानो भयो
नचाहेरै तिम्रो मेरो यात्रा दुई किनार बन्यो

किन लत्याउन खोज्यौ तिमीले मैले जानिन ?