Skip to content

विवाह पछिको प्रेम

Milan

विवाह पछिको प्रेमको रंग बदलिएको छ
निस्वार्थ भावहरु स्वार्थले लतपतिएको छ
आफनै वाचा कसम पनि वेकार भएको छ
जीवनसाथी कै हातवाट आफनै पृष्टभुमी च्यातिको छ
हो मेरो प्रेमको सुभाष दुर्गन्ध भई फैलिएको छ
ममाथी राखेका आमा वुवाको सपना भताभुग भएको छ
आफनै जन्म दिने आमा वुवावाट पनि ढाढिएको छ
विवाह पछिको प्रेमले मलाई एकलो बनाएको छ

तिनको मधुर शब्द पनि तितो भई बदलिएको छ
तिनमा वर्तमान भन्दा पनि भविष्यको चिन्ताले छाएको छ
अरुलाई देखाउने भए पनि पहिरन र सृगार चाहिएको छ
मेरो प्रेमको दिप लाग्छ आज भोली निभएको छ
म र मेरा घर भन्दा पनि माईत र अरुकै चिन्त छ
सा सानो कुरा मै बाझदै दिन वितिरहेको छ
केही गर्छु भन्ने सपना पनि तिनकै वरिपरि
भताभुग भई सके
तिनको साथले केही गरौला भनि आशा पनि मरिसके
उलटै मलाई निराश बनाई भुई तिर खुम्च्याई सके
तपाई भन्दा भन्दै तिमीवाट तँ मा झरि सके
किचकिच सुन्दा सुन्दा यो ज्यान पनि गलि सके

बाउ बाजेको सम्पति पनि भाग वन्डा गराई छाडे,
दाजु भाई विचमा बोलाचाल दुवलाई दियो
आमा वाबु कै अगाडी पनि गर्नु गरयो
भन्छे कि मलाई रोज या कि परिवार त्याग
कस्तो परिवन्धमा समयले मलाई पारिदियो
रिस उठयो मलाई पनि
दिईयो दुई चार लाती ला खा भन्दै
गालि पनि गरियो दिए
खै के खै के फेरी पनि उल्टै टेनशन
उल्टो समाजले स्वास्नी कुटुवा भन्न पो थाले
आमाको काख त्यागेर स्वास्नीको शरण जानु परयो
विवाह पछिको प्रेमले खै के गरयो के गरयो

आमा बुवाको माया त्यागेर
खै कस्तो सुन्दर महल बनाउन थालेको छु ?
बुढेसको साथी भन्थ्ये मलाई
मैले आफनो जीवनवाट बाहिर निकालि दिएको छु
बुवा आमालाई भेटन पनि अनुमति लिन थालेको छु
थुईया जिन्दगी प्रेमको नाममा म काहा पसकोे छु
न निस्कनै सकने नभाग्नै सक्ने
खै कस्तो प्रेम हो यो
अर्काको सन्तान खोसेर
बुढेसकालको लाठि तोडर
भावि सन्तानको लागि सपनाको महल जोडने
खै कस्तो हो यो विवाह पछिको प्रेम बुझनै नसक्ने ?

उ र म विचको प्रेमले
विवाह सम्मको बन्धन जोडिएको थियाृ
पहिलो नजरको हेराईवाट
जीवनसाथीको साईनोमा मोडिएकै हो
हातमा हात राखी कसम पनि खाईयो थियो
सास रहुन्जेल एक अर्काको साथ रहने बचन पनि दिईयो
तर विडम्वन विवाह पश्चात
प्रेमको रंग कसरी बदलि दियो
मेरा सतकर्महरु पनि खुम्चाईर रोकिन पुग्यो
मेरै आफन्त विच पर्खाल पनि बनाउन पुग्यो
खै के के जस्तो भयो विवाह पछिको प्रेम
नबुझनै सकिने न छोडनै सकिने खै के भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *