Skip to content

नर्वदा देवि चट्टान

मनको भाषा

मनको भाषा
………………….
मनको बोलि मनले बुझ्छ
आफ्नो मनको भाषा बोलि
देख्दैन कसैले यसको रुप
हुन्न यसको कुनै आकार .
मस्तिस्क मुटुको संगम हुन्छ
आफ्नै मनको स्वोभाब
आकार यसको सारै सानु
ब्रम्माण्ड छ सागर समान ?
अतेन्त कोमल भाव भयको
भित्र भित्रै घुमिरहेको
रसिलो बसिलो बानि यसको
खाप्दछ हण्डर जति पनि
मनको भाव मनले पढछ
बुझिन्न यसको बोलि
कसरि खोलू मनको ढोका ?
चित्र भय त खुल्थ्यो होला
इस्थिर छैन एक छिन पनि
हरदम ब्येस्त भै रहने
मनको संसार मनले बुझ्छ
मनको भाषा आफ्नै बोलि
साक्षि स्वरूप भै बसीरहेको
मनको यौटा सुक्ष्न्म बोलि …..

म पागल भए छु

म पागल भए छु
………………..
म बच्चा भए छु , म बच्चा भए छु .
थाहै भएन ,म बच्चा भएको.
यादै रहेन बाटो हिडेको .
होसै भएन लडी उठेको .लडी उठेको …
म पागल भए छु बच्चा सारीको .२…

धेरै लडेछु अनि पो उठियो
उठेर हिड्दा कहा पुगे छु ? कहाँ पुगे छु ?
म बच्चा रहेछु, थाहै भएन,
म बच्चा भएको होसै रहेन .
म पागल भएको पत्तै भएन
मत बच्चा भएछु, मत बच्चा भएछु
पागल सरि को थाहै भएन
म दुरी पुगेको मदुरी पुगेको …..