narvadadevi
मनको भाषा
मनको भाषा
………………….
मनको बोलि मनले बुझ्छ
आफ्नो मनको भाषा बोलि
देख्दैन कसैले यसको रुप
हुन्न यसको कुनै आकार .
मस्तिस्क मुटुको संगम हुन्छ
आफ्नै मनको स्वोभाब
आकार यसको सारै सानु
ब्रम्माण्ड छ सागर समान ?
अतेन्त कोमल भाव भयको
भित्र भित्रै घुमिरहेको
रसिलो बसिलो बानि यसको
खाप्दछ हण्डर जति पनि
मनको भाव मनले पढछ
बुझिन्न यसको बोलि
कसरि खोलू मनको ढोका ?
चित्र भय त खुल्थ्यो होला
इस्थिर छैन एक छिन पनि
हरदम ब्येस्त भै रहने
मनको संसार मनले बुझ्छ
मनको भाषा आफ्नै बोलि
साक्षि स्वरूप भै बसीरहेको
मनको यौटा सुक्ष्न्म बोलि …..
जंगल संसार को
जंगल संसारको
…………
संसारको जंगल घन घोर भिडमा
म तेसै हराउन खोज छु .
बाटो खोज्छु, अगाडी, भेटदिन .
फर्किन पछील्तिर निएमै छैन ,
हिढुं ,सबै भिड नै भिडले घेर्छ.
घन घोर भिडमा ,भिडीएकी म,
देख्छु कसैले केहि खोजे जस्तो .
कसैले रोजे जस्तो ,पाए जस्तो,
अनि केहि गुमाए जस्तो .
अलमलिए जस्तो भित्र भित्रै .
खल्बलिए जस्तो ,तल्लिन छ ,
जता हेरे पनि संसारको जंगलमा .
म हेर्दा हेर्दै भिड मै पो हराएछु .
न दायाँ नै नता बायाँ नै ,
आकाश हेरु ढाक्यो बादल ले ,
धर्ति हेरुं ,कुल्चिएको मान्छेले .
काहा समाउ माटो खालिनै छैन .
संसारको जंगलमा ,
देख्छु मान्छे मात्र को छायाँ .
म पागल भए छु
म पागल भए छु
………………..
म बच्चा भए छु , म बच्चा भए छु .
थाहै भएन ,म बच्चा भएको.
यादै रहेन बाटो हिडेको .
होसै भएन लडी उठेको .लडी उठेको …
म पागल भए छु बच्चा सारीको .२…
धेरै लडेछु अनि पो उठियो
उठेर हिड्दा कहा पुगे छु ? कहाँ पुगे छु ?
म बच्चा रहेछु, थाहै भएन,
म बच्चा भएको होसै रहेन .
म पागल भएको पत्तै भएन
मत बच्चा भएछु, मत बच्चा भएछु
पागल सरि को थाहै भएन
म दुरी पुगेको मदुरी पुगेको …..
वा रे वा
मान्छे कस्तो कति सस्तो ?
पसुभंदा मान्छे सस्तो वारे वा
आफु आफुमा तानातान ,कुर्सिकोलागी हानाहान
पैसाको लागि मारामार भन्दछ मै हु
जान्नेसुन्न्य गंन्य मान्य,
स्वार्थ बढी भो वारे वा .
अरु हासे ऋष ,रोए राग
मरे भने खाक जिउदा बाग .
दाउ मारा तछाड मछाड ,वारे वा
असल भए ताज, खराब भए दाग
.होस् भए खुट्टा टेक बेहोस भए घुंडा टेक .,तारिफ गर्दा दङ्ग दास, होच्याउदा फुङ्ग उदास
बुद्दी तेरो किन खलास ?वा रे मानिस वा
जाडे रक्सी खैनी चुरोट ,
जङ्गली चाला तेरो खोट .
पाउछ तैले सैयोउ चोट ,
वारे मान्छे वा .
धन ,मान,ज्यान ,ज्ञान गुमाई
शान्ति र सुख सबै गुमाई ,
भौतारी को आफै डराइ .