किन ठुस्किन्छस् ए जिन्दगी ? अम्बिका जोशी गद्य कविता by ambika.joshiJanuary 27, 2016बालापनमै पनि उफ्री उफ्री खेल्न पाइन तेरै लागि मेरो पनि त इच्छा थियो, रहर थियो मन लागि गर्ने बा आमाले रोके सिर्फ तेरै निम्ति म रोकिएँ मनका तिर्सनाहरूलाई तिलाञ्जली दिँदै अँझै किन ठुस्किन्छस् ए जिन्दगी ?
तिमी मुस्कुरायौ अम्बिका जोशी गजल (गीत) by ambika.joshiOctober 30, 2013 तिमी मुस्कुरायौ जून लजायो बैंशालु मेरो खून लजायो । गीत गजल सब किनारा भएछन् संगीतको सुमधुर धून लजायो । स्वार्थी छ संसार बैगुनी मान्छे मधुर बोल्यौ बैगुन लजायो । सौन्दर्य सृंगार चाहिन्न केही बहुमुल्य हीरा र सुन लजायो ।
धेरै पछि अम्बिका जोशी गजल by ambika.joshiOctober 24, 2013धेरै पछि हाँसी हाँसी बोलेको दिन याद आयो । ढुक्कसँग मनका कुरा खोलेको दिन याद आयो । फैलिरह्यो चारैतिर तिम्रो अनि मेरो मुस्कान जीवन रसमा खुसी मात्रै घोलेको दिन याद आयो ।