Skip to content

तिमी मुस्कुरायौ

तिमी मुस्कुरायौ जून लजायो
बैंशालु मेरो खून लजायो ।

गीत गजल सब किनारा भएछन्
संगीतको सुमधुर धून लजायो ।

स्वार्थी छ संसार बैगुनी मान्छे
मधुर बोल्यौ बैगुन लजायो ।

सौन्दर्य सृंगार चाहिन्न केही
बहुमुल्य हीरा र सुन लजायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *