Skip to content

विभोर राणा

मनका वेदनाहरू

मनका मेरा वेदनाहरू कसरी पोखुँ तिमीलाई
ढल्पलाएका यी नयनले कसरी हेरुँ तिमीलाई

तिमी थियौ र म थिएँ सपना थियो सुन्दर सुन्दर
ओझेल भयौ आँखाबाट कसरी देखुँ तिमीलाई

किन लजाको

छड्के नजरले हेरी किन लजाको हो ?
शव्दविहिन ओंठ खोली कस्लाई बोलाको हो ?

तस्बीरमा तिम्रो मुहार मलिन मलिन देख्दा
सवाल उठ्छ हजार मनमा किन टोलाको हो ?

नेपालगञ्ज

बादलुको घुम्टो भित्र लुकेको छ नेपालगञ्ज
डरलाग्दो त्यो हुस्सुले छोपेको छ नेपालगञ्ज

अस्तव्यस्त पारी सारा फैलिएको कुहिरोसँगै
तप्प तप्प सितलहरीले भिजेको छ नेपालगञ्ज