छड्के नजरले हेरी किन लजाको हो ?
शव्दविहिन ओंठ खोली कस्लाई बोलाको हो ?
तस्बीरमा तिम्रो मुहार मलिन मलिन देख्दा
सवाल उठ्छ हजार मनमा किन टोलाको हो ?
संघर्ष हो जिन्दगी भन्ने गर्थ्यौ संधै तिमी
संघर्षरत यात्रा तिम्रो किन सेलाको हो ?
भावुक देख्दा तिमीलाई सोधुँ सोधुँ लाग्यो
दिल खोलेर हाँस्ने विभोर कता हराको हो?
हाल: नेपालगंज
