Skip to content

रामचन्द्र रम्तेल देव

प्राकृतिक सौन्दर्य

सानो देश हाम्रो नेपाल सौन्दर्यको खानी
विश्वमा नै प्रसिद्ध छ प्रकृतिको धनी
उत्तरमा सुन्दर हिमाल तराइ समथर
सगरमाथा शिर हाम्रो नेपाल हो घर

हिमालमा डाफे नाच्छ तराईमा धनेश
कति धेरै विविधता यही नै छ मधेश
कस्तुरीले हरेक पल मिठो सुबास छर्छ
बाह्रसिँगे जरायो नि रमाइ रमाइ चर्छ

RamChandraRamtelDev

हिसाब चाहन्छु

तिम्रो सामीप्यताका
हरेक पलहरूको हिसाब चाहन्छु म ।
नैतिकताहिन क्षुद्र नजरले
बज्रपात भएको मेरो भविष्य
लाचार र विवश भई
कसरी सहर्ष स्वीकार गर्नसक्छु?