Skip to content

गणेश प्रधान

म हारे तिम्रै जित सम्झिदिए

म हारे तिम्रै जित सम्झिदिए,
घृणा दियौ तिम्रै प्रीत सम्झिदिए।

हास्यौ खेल्यौ हिजो रमायौ,
आज छाडेउ मेरै हित सम्झिदिए।

बितेका दिनले असर तिम्लाइ नगर्ला,
झरेका तिम्रा आँसु शीत सम्झिदिए।

शत्रु चिन्नै पर्छ

खोज तिम्ले खुकुरी हराएका छन् भने ।
शाहस तिम्ले लिनै पर्छ डराएका छन् भने ।।

हिन्दुस्तानको झन्डा हरु गाडिदैछ तिमी माथी ।
पेट्रोल छर्की जलाइदेउ फहराएका छ्न भने।।

नेपाली भै बाच्नु छ त शत्रुलाइ चिन्नै पर्छ।
गिडि देउ त्यस्को टाउको लहरएका छन् भने।।

फाल्नु पर्छ देश भित्रका नेतागिरी अब तिम्ले।
थुती देउ जिब्राहरु कराएका छ्न भने।।

दुश्मनी त मोल्नै पर्छ कसिङ्गर सङ्ग पनि।
बटुलेर जलाइ देउ छराएका छ्न भने।।

नआऊ तिमी

दुलहीको घुम्टो ओढेर नआऊ तिमी
माफीको हात जोढेर नआऊ तिमी

सारा सन्सार हिड्ने गल्लीहरूमा
म परायाको बाटो गोढेर नआऊ तिमी

कोल्टियो समय हिजो जस्तो आज भएन
छाडि गयौ, फेरि मोडेर नआऊ तिमी

बितेका सपनाहरू

उमेरसँगै बितिगए सपनाको छालहरू
टाँग्नसम्म सकिएन टाउको लुकाउने पालहरू

शरदले गृश्म बिर्से वसन्तले शरद
कहाँबाट कता गए दिन महिना सालहरू

घुमिरहेछ सन्सार चलिरहेछ पवन
टाढिरहेछ जिन्दगी नजिकिदै छ कालहरू

देश हास्छ

आज नेता मरेछन मलामी चाइ भोलि
दिमागमा किरा परे दबाही खान्छ गोलि।।

म मरु या तिमी ,छैन कसलाई दु:ख
उ मरे देश हास्छ खुल्ला दिल खोली ।।

हिजो सम्म दाउरे भन्थे रात रात नेता
कहाँ भेटे कति लुटे भरी गए झोली।।

जनता मरे हरियो बास र शखको धुन
लुटाहा मरे सम्मान अरे चडाउने रे डाेली।।

गजल

मलाई अलि था भएन कैले मनपराको,
सायद तिम्ले सोचेउ होला अईले
मनपराको।।

चन्चली बानी तिम्रो फर्साइलो बोली,
तिमी सग बोल्नु भन्दा पैले मनपराको।।

उकाली र ओरालीमा सधैं देख्थे
पँधेरिमा,
पँधेरीमा पानी थाप्दै मैले
मनपराको।।

गजल

कुनै मलाई डर छैन गुलाफ देखि टाढा हुन
गुलाफको रंग उडिसक्यो बाकी छैन गाढा हुन।

फक्री रहेछ गुलाफ सुबास अनेक थरीका
गुलाफ अझै भन्छ मलाई फुलको शोभा काडा हुन।

कहाँ थाहा थियो,फर्जी कागजी गुलाफ तिमी
बाटो तिम्ले लगायौ मागी खाने भाडा हुन।
गणेश प्रधान
समालबुङ ४ इलाम
ganesh.me999@gmail.com