विनास काले विपरीत बुद्धि
धेरैतिर अर्ती उपदेशका रुपमा “विनास काले विपरित बुद्धि” भनेको सुनिन्छ । यसको यो श्लोक कसले लेख्यो र यसको बाँकी भाग के हो भनेर सोध्यो भने धेरैलाई नआउन सक्छ । यसैले म यसको निराकण गरुँ है ।
यसका लेखक चाणक्य । चाणक्यनीतिको सोरौ अध्यायको पाँचौ श्लोक हो यो । सबैलाई आउने भाग भनेको उक्त श्लोकको अन्तिम भाग मात्र हो । उक्त श्लोक उपजाति छन्दमा लेखिएको छ ।
