HomSuvedi

मुक्तक (परिस्थिति फेरियो)

HomSuvedi

हिजो गनसँग वनमा थियौँ
सबै सबैका मनमा थियौँ
परिस्थिति फेरियो दरबारमा पसियो
यसैले लुटेर ल्याएका धनमा छौँ ।।

Read More »मुक्तक (परिस्थिति फेरियो)
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाकवि चुटोट र श्रीकृष्ण

HomSuvedi-02

चुरोटका स्वादसँगै रमाएँ
सम्भावनास्रोत सहस्र पाएँ
तिनै उघाएँ र यता फिजाएँ
लुनीसँगै सिर्जन गीत गाएँ ।।

Read More »महाकवि चुटोट र श्रीकृष्ण
  • 80
  •  
  •  
  •  
  •  
  •  
  •  
    80
    Shares

सपनी नै देखेँ कि (मुक्तक)

HomSuvedi-02

सपनी नै देखेँ कि वा देखेँ बिपनी
आफूलाई कहाँ कम लाग्छु म पनि
जसो भन जसो भन सहेकै ता हो
तिमी नै हौ मरो मनको सदा जपनी ।।

Read More »सपनी नै देखेँ कि (मुक्तक)
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शङ्कालुहरु

HomSuvedi

अफिसबाट साँझ साँझ पर्न लाग्दा लक्ष्मणजी घर आइपुगे । घरमा आउनासाथ हातमुख धोएर उनलाई चिया नास्ता खाने बानी छ । आज पनि त्यही उपक्रम सुरु भयो । सुनिताले चिया खाजा दिइन् । चारजनाको जहानमा अहिले दुई जना मात्र छन् । छोरा छोरी पढ्न विदेश गएपछि घर सुनसान भएको छ ।

Read More »शङ्कालुहरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

३ लेखनबारेका केही तथ्यगत कुराहरू

३ लेखनबारेका केही तथ्यगत कुराहरू
होम सुवेदी
व्यञ्जनवर्णहरूमाः
क् ख् ग् घ् ङ् च् छ् ज् झ् ञ् ट् ठ् ड् ढ् त् थ् द् ध् न् प् फ् ब् भ् म् य् र् ल् व् श् ष् स् ह् क्ष् त्र् ज्ञ्

यहाँ लेखिएका सबै व्यञ्जन वर्णहरूलाई हलन्त गर्नुको कारण स्वररहित गर्नु हो । यिनै व्यञ्जन वर्णमध्ये कतिपय वर्णहरूमा उच्चारण तथा लेखमा टढ्कारो समस्या छ । म अब यिनको अजन्त रूपमा रहेर चर्चा गर्छु ।
ङ लेखेर अङ बोलेको सुनिन्छ । जो अक्षरशः गलत हो । घ र ध का अनुहार उस्तै देखिने हुँदा भ्रम हुन सक्छ ।
ञ जुन ध्वनिका लागि बनेको थियो त्यो ध्वनि हाम्रो जिब्रोले उच्चारण गर्दैन । यो ञ लेखिन्छ तर यँ बोलिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘सवाई काव्यको सैद्धान्तिक परिचय’ को सामान्य परिचय

डा. स्व द्रेणकुमार उपाध्यायको २०६७ सालमा मीरादेवी पौडेलको प्रकाशकत्वमा प्रकाशित पुस्तक हो ‘सवाई काव्यको सैद्धान्तिक परिचय’ । यो कृति आकारमा सानो भएर पनि कृतिले समेटेको विषय अत्यन्त महत्वको र विषद किसिमको रहेको छ । नेपाली साहित्यको फाँटमा सवाई साहित्य एक अलग विशेषता बोकेको साहित्यिक फाँट हो जसको आफ्नै परम्परा, इतिहास र साक्षी छ । सवाईका बारेमा कृतिकार स्वयंको प्राक्कथन र प्रकाशिकाको सानो प्रकाशकीय मन्तव्यका साथ यो कृतिमा सवाईको सिद्धान्तलाई केलाउन चिनाउने र यसको नेपाली साहित्यमा के कस्तो इतिहास छ त्यस कुरालाई पर्घेल्न खोजिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लेखनबारेका केही तथ्यगत कुराहरू

पठन र पाठनमा आफूले जीवनका यो बेलासम्म बिताइयो । साना कक्षामा उहिल्यैदेखि भए पनि उच्च कक्षामा २०३८ सालदेखि अध्यापन थालियो र अहिले त रिटायर पनि भइसकियो । यो पक्ष अलग हो यसबारे कुरा रहून् ।

पढाउँदा कहिले पनि बेइमानी गरिएन बाटो पनि छोडिएन । साथीहरूमध्ये कति जना लामै यात्रामा वा भ्रमणमा दस पन्ध्र दिन जानुहुन्थ्यो र यता सर्लक्कै हाजिर गर्नुहुन्थ्यो आफूले त्यो उद्योग पनि गरिएन । यसबारे पनि नभनूँ धेर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लीलाध्वज थापाः एक शब्दचित्र

२०३१ सालको कुरा । थिएँ म मदनपुरस्कार पुस्तकालय, जगदम्बा टाइप फाउन्ड्री र मदनपुरस्कार गुठीको सेरोफेरोमा ।

जगदम्बा प्रेसमा काम गर्नु पर्ने । प्रूप पढ्थेँ । दिउसो एक बजे ठिक्क चिया खाने छुट्टी हुन्थ्यो । त्यही बेला पारेर लीलाध्वज थापा आउनु हुन्थ्यो । उहाँ जगेडाको कर्मचारी । के कारणले जगेडामा पर्नु भो भन्नु हुन्नथ्यो । हरिहरभवनमा हाजिर गरेर नित्य आउनु हुन्थ्यो चिया खाने बेला पारेर । मेरै टेबुलको अर्को कुर्सीमा बस्नु हुन्थ्यो । हाम्रा कुरा चल्थे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कस्तो अचम्म !

केही वर्षअघि कुनै एक दिनको कुरा हो । बेलुकाबेलुका हुँदै थियो । म घरमा बाहिर खाटमा एउटा कुनै किताब पढेर बसिरहेको थिएँ । यसै बेला एक जना अपरिचित व्यक्ति घरमा आउनु भो र मलाई नै सोध्नुभो—
“होम सुवेदीको घर यही हो ?”
“हजुर हो हो यही हो । भन्नुहोस् । किन होला ?”
“किन नि, अब खाएपछि तिर्न जानेको छैन । हामीले पनि व्यवसाय गर्नुपर्छ । कसरी चलाउनु यसरी चारचार महिनासम्म उधारो खाएको पैसा नतिरेपछि ?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विभक्ति शब्दबाट अलग नगरौँ

मेरो छ मित्रहो आज एक नम्रनिवेदन
होम सुवेदी
भ्रम हुन्छन् सबैलाई भएमा भिन्न लेखन
म बडो नम्रता साथ गर्न लागेँ निवेदन ।।
अन्योलग्रस्त हिज्जेको रूप देखेर वास्तव
वर्णविन्यास सम्बन्धी केही लेख्नु पर्यो अब ।।
वाक्यका पदमा आई पछाडि जोडिने हुँदा
अनुसर्ग भयो नाम शब्दका पछि आउँदा ।।
वाक्य शब्द मिली बन्छन् वाक्यमा हुन्छ कारक
विभक्ति सबले खेल्छन् बडो सुन्दर नाटक ।।
एकाकार कतै हुन्छन् थुपुक्क बस्तछन् कतै
विभक्ति जतिको काम भिन्न हुन्छ कतै कतै ।।
यिनैबाट हुने गर्छ वाक्य कारकपद्धति
यिनैका साथ झल्कन्छ वाक्यमा पदसङ्गति ।।
जहाँ कारकले गर्छ वाक्य वाक्य नियन्त्रण

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
20201214_HomSuvedi-Book

पद्यान्तरको भूमिका

सामग्री गद्यका केही पद्यबद्ध गरूँ भनी
मलाई कसरी आयो थाहा छैन अझै पनि ।
सोही लहडले गर्दा स्वयं यो काममा भिडें
मानौ कन्टकिलो बाटो रहेछ त्यसमा हिंडें ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जस्तो लाग्छ

तिमी नजिक आए केही होला जस्तो लाग्छ
लत्रिएको मनले आकाश छोला जस्तो लाग्छ ।

कुनै हालतमा पनि आँसु नझार्नू सानु !
थोपा आसुँ पनि तर्नै नसकिने खोला जस्तो लाग्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शरद्

भन्थे वसन्त ऋतु हो ऋतुराज तुल्य
यो याममा प्रकृति हुन्छ बडो अमूल्य
यो सोच सत्य अब मान्नु कदापि हुन्न
त्यो धारणा सहज सक्छ शरद् उछिन्न ।।

जाडो छ धेर अथवा न छ उष्ण धेर
यो भव्य याम प्रभुले उहिल्यै रचेर
हामी मनुष्यतिर यो ऋतु सुम्पिएछन्
मनौँ नयाँ सृजन नै प्रभुले दिएछन् ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रेम

राम नै प्रेम हुन् प्रेम सीता पनि
प्रेम आराधना हो तपस्या पनि ।।

प्रेम पेवा हुने याे नठानून् युवा
प्रेम गर्छन् यहाँ ज्येष्ठ पाका पनि ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक

दुई मुक्तकः

माग पूराका कनिका छरिराखौँ कि !
यसपटककाे वैतर्नी तरिराखौँ कि !
भाेलि के कसाे हुन्छ कसलाई थाहा छ र
बिसौँ अनसनकाे वार्ताटाेली गठन गरिराखौँ कि !!

उनकै लागि धसिए पनि मिठोमसिनो सुनिएन बोली
धेरै पटक खाएको छु उनका मुखको तातो गोली
सहनैमा कल्याण छ नत्र अत्याचार गर्नेको लिस्टमा दरिनेछु
उनबाट न हिजो केही प्राप्ति थियो न हु्न्छ भोलि ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुर्भाग्यले थुक्छ

हिमाल मात्र कहाँ हो र पहाड पनि दुख्छ
नेपालीको चाल देखी मानौँ कोशी सुक्छ ।।

देश चर्ने साँढेलाई बाँधिराख्नु पर्थ्यो
जहाँ तहाँ चर्न खोज्ने साँढे आफैँ फुक्छ ।।

डाँगो पाल्ने काम पनि व्यर्थै लाग्न थाल्यो
घरभित्र चोर पस्ता पर जाँदै भुक्छ ।।

विदेश पस्न हतार मान्ने दाजु भाइ देखी
सगरमाथा पनि तिनको हालत बुझ्दै झुक्छ ।।

हाम्रो बानी उपर्खुट्टी लगाएर खाने
यो देखेर दुर्भाग्यले हाम्रै मुखमा थुक्छ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •