लिम्बूजातिमा ढुंगा कानुन
अहिले न्यायका लागि मिलापत्र बनाउनेदेखि अदालत
जानेसम्म चलन छ। उहिले भने
कचहरी बसी ढुंगा
गाडेर न्याय दिलाउने गरिन्थ्यो। आदिम सभ्यताको न्यायिक
कार्यमा ढुंगाको उपस्थिति लिम्बू जातिमा आजसम्म
पनि भेट्ने गरिन्छ।
कुनै व्यक्ति, परिवार, जाति, समुदाय,
सम्प्रदायको जीवनमा उनी
हरूको परम्पराले गहिरो प्रभाव
पारेको हुन्छ।
उनीहरूको परम्परागत विश्वासले
समाज बाँध्न रीतिरिवाज निर्माण
गरेको हुन्छ। हिजोको सामाजिक
विकासमा कसले के गर्दा हुने, कसले के
गर्दा नहुने जस्ता सामाजिक व्यवहार
रीतिरिवाजमा भेटिन्छन्। जब
रीतिरिवाजलाई समाज विकासले संक्रमण
गर्छ अनि त्यस्ता रीतिरिवाजलाई
