Skip to content

लक्ष्मण घमाल

अपरिचित पात्र

बिदेशी भूमिमा पहिलोपटक एक्लै भएको छु र अबका केही दिनहरू एक्लै बिताउँदै छु । समर भ्याकेसन, युनिभर्सिटी बन्द भएकाले साथीहरू नेपाल गए । साउथ वेस्ट मिनेसोटा स्टेट युनिभर्सिटीमा पूर्ण छात्रवृत्तिमा ब्याचलर इन सोसिओलोजी पहिलो वर्षमा अध्ययन गर्दै गरेको म यतै सेटल हुने विचार गर्दैछु । बुवा आमा पनि सहमत हुनुहुन्छ मेरो कुरामा । बिहानको ६ बजिसकेको छ । आज चहलपहल अलिक कम छ । नेपाली विद्यार्थीहरूको बाहुल्यता भएको यो मिनेसोटा अमेरिका आउने नेपाली विद्यार्थीहरुका लागि राजधानी जस्तै भएको छ ।

कुन्दिनी

पिता जयश्वर र माता फुलमतिको सहवासबाट पाँचौ सन्तानको रुपमा जन्म लिएकी कुन्दिनीमाथि चार दिदी र मुनि एउटा भाइ छ । कुन्दिनी तीन वर्षकी लाग्दा उसकी आमाको कोखबाट उसको भाइको जन्म भएको थियो । चार दिदीले भोग्नु परेको दुख उसले भोगिन कारण भाइ जन्मिएको श्रेय उसको भाग्यलाई गएको छ । आमा फुलमति पनि छोरो जन्मिएपछि सुख पाएकी छिन् । चार दिदीको विवाह भैसकेको छ । जेठी र माइलीलाई चोरेर लगेका रे, साइली र काइलीलाई पिता जयश्वरले नै पराईको हातमा थमाइदिए । भाइ जन्मिएपछिको दश वर्ष भाइसँगै रमाउँदै बिताएकी कुन्दिनीलाई वरिपरिका छिमेकीले भन्छन् – निकै भाग्यमानी रैछे यो कुन्दिनी । भाइले पाउने माया यसले पनि पाएकी छे ।

LaxmanGhamal

अन्जान संघर्षको कथा

धेरै दिन भयो उनले मलाई भेट्न खोजेको । जहिले म अफलाइन हुँदा मेसेज पठाउदा रहेछन् फेसबुकमा । अफिस सकेर कोठामा पुग्दा पाँच बजेर एकतिस मिनेट बजाएको थियो एनसेल नेटवर्कको मेरो मोबाइलले । हत्तपत्त फेसबुक खोले मेसेज आएको रहेछ उनैले पठाएका रहेछन् मेरा बालापनका हितैसी मित्र अन्जान । आज मलाई कल गर्नुहोला भनेर फोन नम्बर पनि पठाएका रहेछन् । उनको घर ताराखोला, बागलुङको पश्चिमी भेग । मेरै घर छेउमा उनको मामा घर, मामा घरमै बसेर कक्षा सातसम्म पढेका अन्जानसँगको सात वर्षको फ्रेन्डसीप हरपल मस्तिष्कमा आइरहन्थ्यो । दशै बिदामा घर गएका उनी कहिल्यै फर्केर आएनन् । चौध वर्ष पछि फेसबुकमा साथी भएको आज चौध दिन भयो । Friend request पनि उनैले पठाएका ।