बिब्ल्याटो सोच
बुबा भन्नुहुन्थ्यो पढेलेखेर ठूलो मान्छे बन्नुपर्छ । आमाका सपना पनि कम्तीका थिएनन् । राम्री र लच्छिनकी बुहारी भित्र्याएर बुढेसकालमा आनन्दका साथ नातिनातिनासाग रमाएर बिताउने आमाको भित्री सोच थियो क्यार । छिमेकका काकाकाकी, दाइभाउजू, मामामाइजू सबैको आशाको केन्द्र मेरो पढाइ बनेको थियो । त्यसबखत मेरो मन आशाको ठूलै बोझ बोकेर गह्रौा बनेको भान हुन्थ्यो । दायित्वको बोझबाट मुक्त हुने काम सामान्य मान्छेका लागि कठिन बन्दोरहेछ ।
