Skip to content


बुबा भन्नुहुन्थ्यो पढेलेखेर ठूलो मान्छे बन्नुपर्छ । आमाका सपना पनि कम्तीका थिएनन् । राम्री र लच्छिनकी बुहारी भित्र्याएर बुढेसकालमा आनन्दका साथ नातिनातिनासाग रमाएर बिताउने आमाको भित्री सोच थियो क्यार । छिमेकका काकाकाकी, दाइभाउजू, मामामाइजू सबैको आशाको केन्द्र मेरो पढाइ बनेको थियो । त्यसबखत मेरो मन आशाको ठूलै बोझ बोकेर गह्रौा बनेको भान हुन्थ्यो । दायित्वको बोझबाट मुक्त हुने काम सामान्य मान्छेका लागि कठिन बन्दोरहेछ । पहिले, दायित्व पाउनै गाह्रो, पाएपछि पूरा गर्नै नसकिने पिरलो । यस्तैयस्तै समस्याजनित ओसिला दिनहरूसागै मेरो बाल्यकालका चञ्चलताले मबाट बिदा मागेका थिए । कर्तव्यका अनगिन्ती आदर्शले थिचिएको मेरो मानसपटलका चञ्चल बिम्बहरू मैले समेट्न सकिराखेको छैन । निष्ठावान् बन्ने रहरका हरेक प्रयासले मेरो उमेरलाई समयभन्दा छिटो र दू्रतगतिमा बढाइरहेका थिए । म समयभन्दा छिट्टै हुकर्ंे । यसबाट मैले तत्कालै दुईवटा क्षति व्यहोर्नु पर्‍यो । प्रथमतः मेरा सबै सागाती मबाट छुटे, दोस्रोमा समयभन्दा पहिले नै पाको बन्नपुगेा । भाइबहिनीका समस्या सुल्झाउन र आफूभन्दा ठूलाका आज्ञालाई निसङ्कोच पूरा गर्न अहोभाग्य सम्झने त्यसबखतको मेरो मानसिकता अहिले उदेकलाग्दो स्मृति बन्छ ।

दिक्क त त्यसबखत लाग्छ, जब देशका सुन्दर भविष्यका सम्भावना बोकेका कलिला मस्तिष्कमा जीवनका उद्दाम लालसा, तृष्णा, प्रेमका बदला, घृणा, द्वेष र विकृतिको कालो बादल मडारिरहेको हुन्छ । समयले परिवर्तन आफूसागै बोकेर ल्याएको हुन्छ तर मानव जातिका लागि त्यो परिवर्तन आल्हादकारी हुनु आवश्यक र अनिवार्य हुन्छ तर त्यस्तो मिठासयुक्त बदलाव मानवजातिले सभ्यताको सुरुदेखि आजसम्म कतै, कसैले प्राप्त गर्नसकेको छैन । यही परिवर्तनभित्र मानवसमाजले आˆनो अस्तित्व, पहिचान, आनन्द, प्रेम, सद्भाव सबैलाई समेट्ने प्रयास निरन्तर गरिरहेको देखिन्छ ।

आज सभ्यताले मानव समाजलाई यस्तो मोडमा खडा गरिदिएको छ, जहााबाट मान्छेले आˆनो भूत, वर्तमान र भविष्य सबै सागसागै देखिरहेको छ, भोगिरहेको छ र आत्मसात् गरिरहेको छ । मान्छेका मनभित्रका पीडालाई समयको यही भागबण्डाले उमारिरहेझैा अनुभव हुन्छ । समयलाई डोहोर्‍याउन सक्नेले भविष्यलाई आˆनो मुठ्ठीमा राखेको अनुभव गर्छन् र दुनियाादारीको भाषणमा आफूलाई निर्लिप्त बनाउाछन् । भूत र वर्तमान यिनीहरूका बपौति बनेका हुन्छन् । यिनीहरूका बोलीमा लठ्ठएिर समाजले आफूलाई रङ्हीन र खुइलिएको सम्झन बाध्य हुन्छ । समाज यिनीहरूको मुठ्ठीमा छटपटाइरहेको हुन्छ, मुक्तिका लागि प्रयास गर्ने रामे, श्यामे, चमेली, अमृता सबै निरर्थक हुन्छन् । व्यक्ति समाजको निर्माता हो, भोक्ता हो, प्रतीक हो र प्रतिनिधि पनि हो । उसका परम्परा, संस्कार, चरित्र, जीवनपद्दति सबै समाजबाट निर्दिष्ट भएका हुन्छन् । व्यक्तिका चाहना, सीप, महìवकाङ्क्षा समाजमा अन्तरघुलित भएर व्यक्ति र समाजको विभिन्नतालाई एकाकार बनाएको देखिन्छ । व्यक्तिका कमजोरीले समाजलाई विशृ्रङ्खलित पार्छ वा समाजले व्यक्तिलाई उसका जीवनमूल्य, आदर्श, उत्साह र परितृप्तिका विसङ्गत सम्भावनालाई जन्म दिन्छ, यो निक्र्योल गर्न निकै कठिन देखिन्छ ।

केही समय यता विद्यार्थीले बर्साएका बेमौसमका अनगिन्ती जिज्ञासाले खोक्रो र थोत्रो बनाएको मेरो मगज मानवजीवनका सुवासलाई परिलक्षित गर्न असमर्थ भएको अनुभूत हुन्छ । आज मात्र कक्षाकोठामा एउटी बैासालु छात्राले मेरो सालाको बारेमा जिज्ञासा राखी । अर्कीले भाइको विवाहको प्रसङ्ग कोट्याउादै आˆनो वासनात्मक परितृप्तिमा आनन्दातिरेक बन्दै मुस्कुराई । जीवनका यी सुललित पलहरूमा वासनात्मक उत्प्रेरणालाई सिर्जनाको गोरेटो देखाउनुको सट्टा सुन्दरताको अश्लील नङ्ग्याइमा रम्नु नै प्राप्ति हो त ? एकजना शिक्षक मित्रले छ कक्षाका नानीहरूको फिल्मीप्रेम मञ्चनको शब्दचित्र कोर्नुभयो । एक जोडीले क्यान्टिनमा सबै दूरी चुाडालेर देख्नेसुन्ने सबैलाई मनोरञ्जन पुर्‍याए । यो समयको सान्दर्भिकता हो वा परिवर्तनको नवीनता, यसलाई खुट्याउन कठिन छ । प्रेम प्रकृतिको महान् सत्ता हो । मानवजातिका लागि त प्रेम जीवनकै मिठास हो । मानवजीवन प्रेममा बााचेको हुन्छ । यो भावसन्दर्भ समयको बगाइसागै भित्रिने परिवर्तनमा पनि समाहित भएको हुन्छ । पारखीहरूले आाखाबाट गाजल चोरेजस्तै सबैका अगाडिबाट प्रेमसुख भोगिरहेका हुन्छन् ।

विचारको दुनियाामा संस्कारले ठूलै प्रभाव पारेको देखिन्छ । संस्कारसाग परम्परा, जीवनमूल्य र सुन्दर चिन्तनका सिर्जना गाासिएर आएका हुन्छन् । वर्षौादेखिको मेरो यो बुझाइ जीवनको यस घडीमा धरमराउन थालेको अनुभव भइरहेको छ । के म सााच्चै अन्धपरम्परावदी बनेा । मेरा विचारहरू खोटा बने वा समयको अाध्यारो काम नलाग्ने कालखण्डमा परिवर्तित भइरहेको छु म । मनमा बारबार प्रश्नहरू ओइरिन थाल्छन् कि म समयका खण्डका टुक्राहरूसाग किन परिवर्तित हुन सकिना वा चाहिना ? मलाई बााधिराख्ने तìवहरू केके थिए ? सत्य मेरो आदर्श हो वा वर्तमान युवा मुटुमा ढुकढुकीका अमिट चाहना र स्वच्छन्दताका प्रतिबिम्बन ।

आजका तरुणसाग न त म पूरै विमखु छु न त पुस्तैनी द्वन्द्व नै छ मेरो तर पनि युवासोच र चिन्तन पद्दतिसित म समाहित हुन सकिराखेको छैन । यो कस्तो विडम्बनापूर्ण परिस्थितिमा मेरो अन्तरमनका छट्पटाहट, हुटहुटी र द्विविधा जन्मिदै आशा र आस्था भत्काइरहेका छन् । मनका कोमल तार झङ्कृत पार्ने प्रेमका उद्दाम लहर के सााच्चै खडेरीमा वाष्पीकरण भएकै हुन् त ? तरुण हृदयले प्रेमका उत्ताल तरङ्गमा पौडन भुलेरै यो रत्नगर्भा सुन्दर धराबाट प्रेमको अमृत पिउन अल्छी गरिरहेको छ त ? यदि उत्तरआधुनिक रन्को बोकेको पश्चिमी बान्की भित्रिएको हो भने पनि त्यसभित्रको मानवीय उमङ्गका छालले बन्ने शालीनता प्रतिध्वनित हुनुपर्छ । मायाको उत्तरआधुनिकीकरण जबरजस्ती प्रवेश गराउन खोजेको आजको नवीन समाजका विकसित सोच विचारयोग्य हुन् वा होइनन् पर्गेल्नुपर्ने देखिन्छन् । मानवका सम्पूर्ण प्रयास जीवनलाई रसमय, सुन्दर, कलात्मक, आत्मीय र प्रेममय बनाउन केन्दि्रत हुनुपर्छ र सभ्यताको सुरुदेखि आजसम्म यो हुादै पनि आइरहेको छ । त्यसभित्र मेरो हैसियत के हो र म कहाानेर अट्छु ? मेरो उद्विग्नतालाई वैधानिकता दिन सक्ने बौद्धिक, मानसिक र आत्मिक आधारहरू के के हुन् ? जडमा उमि्रएका विचारका हरिया पोथ्राको मूल्य कसले लगाउने ? यी प्रश्नका उत्तर आज पनि मेरो मस्तिष्कमा प्रतिध्वनित भइरहेका छैनन् र ।

विसङ्गतिबाट भागेर जीवन समस्यामुक्त हुादैन र हुनसक्तैन पनि । महान् तम्क प्रयासबाट सभ्यताले आजको नवीन सन्दर्भ प्राप्तिको मोहकता भोग गरिरहेको देखिन्छ । हाम्रा महìवकाङ्क्षा र समयको रुचिका बीच ठूलै वैरभाव रहनाले सिङ्गो मानवसमाज द्विविधामा देखिन्छ । विगतका चालीस वसन्तले पढाएको विवेकको चुरो ज्ञान भोगाइसाग तालमेल नहुादा जीवन नै लरबरिएको अनुभव हुन्छ । भोगाइ समस्या हो कि मानसिक दृश्यले पहिल्याएका तृषित परिदृश्यहरू नै जीवनका लालसा र प्राप्तिका चहक हुन्, यो विभिन्नता नै रहस्यको पर्दामा लुकेको पाइन्छ । बाटो बिराएर सिक्ने, ज्ञानप्राप्तिका खुड्किला देखिन्छन् । काकाले गोरखपुरमा सुन भनी चार हजारमा पित्तल किन्दा हजुरबुबाले ज्ञानको मूल्य केही गह्रौा भएको प्रतिक्रिया दिनुभएको थियो । जीवनबोधका अनगिन्ती सम्भावनामा हजुरबुबाको दिग्दर्शन सानदर्भिक थियो वा जीवनदर्शनका मामिलामा हजुरबुबा बेमौसमी बन्नुभयो, यो किट्न आज पनि मलाई धौधौ परिरहेको छ । तृष्णाले नरक निम्त्याउाछ भन्ने पुराण वाक्यले भोगाइमा बाधा पुर्‍याएको देखिन्छ । भोगको लालस नै प्राप्तिको मार्गदर्शन बनेको हुन्छ । लोभले जीवन बााच्छ, चुरीफुरी देखाउाछ र प्राप्तिको टुङ्गो पुर्‍याउाछ । भोगाइ, सिकाइ र प्राप्तिका चक्रभित्र आनन्दको पराकाष्ठा खोज्नुको रङ्गीन भुलभुलैयामा बााच्नुपर्ने मेरो टड्कारो विवशता रङ्मङ्गिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *