जातभातभित्र बाआमासँग
मेरी आमा म र दुई दाजु क्षेत्री हौँ । घरका अरू सदस्य ब्राहृमण (बाहुन) थिए ।
बाबुले दुई विवाह गर्नुभएको थियो । मेरी आमा (जेठी) क्षेत्रिनी र कान्छी विमाता बाहुनी । सानी आमा पाठककी छोरी हुनुहुन्थ्यो । हामीलाई भने दुई आमाका बीचमा भेद थिएन, दुवै एउटै आमाजस्तो लाग्थ्यो । उहाँहरूमा सार्है नजिकको व्यावहारिक सम्बन्ध पनि थियो । मातृत्वको शीतलता र सुखद छहारी बटुल्दै हामीले एक प्रकारको अभिन्न र आफ्नोपनको अनुभव बटुल्यौँ । आमाहरूले हामीलाई जन्म दिनुभयो, पालनपोषण गर्नुभयो । कर्मको शिक्षा भने बुबाले नै दिनुभएको थियो ।
