Skip to content

मधुपर्क २०६७ असोज

लोकतन्त्रको पीडा

  • by

जन्मिएँछु अन्जानमा हुर्किएँछु सगोलमा
चिनाएँछु अरुलाई आफूलाई चिन्न सकिनँ
खडेरीको हुरी आयो उडाई लग्यो पातसरी
पछारिएँ यो भूमिमा जुरुक्क उठी हिन्न सकिनँ ।

सामान्यज्ञानका धेरै प्रश्नहरुको एउटै उत्तर

न्यूजिल्यान्डका पर्वतारोही सर एडमन्ड हिलारीले तेञ्जिङ शेर्पासँग संयुक्तरूपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकै समयमा एक जना नेपालीले पहिलोपल्ट न्यूजिल्यान्ड भूमि टेकेका मात्र होइन, हिलारीकै घरमा पुगेर कीर्तिमान कायम गरेका छन् । त्यो भाग्यमानी र साहसिक व्यक्ति को हो भन्ने धेरैलाई थाहा नहुन सक्छ तर उहाँले ‘न्यूजिल्यान्डमा पहिलो नेपाली’ भनेर वर्गसाथ किताव नै लेख्नुभएको छ ।

खाडीको दर्दनाक कथा

  • by

“गोर्खा आश्राङका रेसम रोकाय जमेलियाको मरुभूमिमा गधा जोतिरहेका छन् भने नवलपरासीका शोभाकान्त लामिछाने भेडा चराइरहेका छन् । धादिङका किशोरकुमार सुवेदी कार वास गरिरहेका छन् भने तेह्रथुमका तुलसी भट्टराई गाउँमा आफ्नो पिताको निधनको खबर पाएर पनि बिदा नपाएकोले काममै लागिरहेका छन् । स्याङ्जाका तिलबहादुर सुनार ५० दिराममा मान्छेको तौल जोख्ने मेसिन झोलामा बोकेर हिँडिरहेका छन् भने गोरखाका जुनबहादुर रानामगर दिनराम भुलेर करेसाबारीमा लसुन रोपिरहेका छन् ।”

दसवर्षे जनयुद्धको कथाव्यथा

  • by

आकार र आयामका दृष्टिले कविताको उच्च एवम् शिखर रूप हो महाकाव्य । पूर्वीय महाकाव्य सिद्धान्तमा महाकाव्यका विभिन्न लक्षण हुन्छन् भनिएको छ जस्तै धीरोदात्त नायक, सर्गबद्धता नायक नायिकाको जीवनी, प्रकृति चित्रण, छन्दोबद्धता, सर्गान्तमा छन्द परिवर्तन र भावी सर्गको सङ्केत आदि । यी लक्षणमध्ये आंशिकरूपमा मात्र पालन गरिएको बेग्लै ढाँचाको आधुनिक शैलीको महाकाव्य साहित्यिक बजारमा आएको छ-‘उत्सर्ग’ ।

विश्वेश्वरबारेको साहित्यिक दस्तावेज

  • by

विश्वेश्वरप्रसाद कोइराला नेपाली आख्यान विधाका सशक्त स्रष्टा हुन् । ‘चन्द्रवदन’ कथाबाट नेपाली कथासाहित्यमा मनोवैज्ञानिक धाराको सूत्रपात भएको हो र यस धाराको विकास र विस्तारमा कोइरालाको योगदान उच्च महत्त्वको छ । यिनले केवल दुईवटा कथासङ्ग्रह नेपाली साहित्यलाई दिए पनि कथामूल्य र ऐतिहासिकताको दृष्टिले महत्त्वपूर्ण मानिन्छ । त्यस्तै ६ ओटा उपन्यास उनका चर्चित छन् । कोइरालाले साहित्यिक जीवनको उत्तरार्द्धमा आएर मात्र उपन्यास विधामा प्रवेश गरेका हुन् ।

छन्दमा क्रान्ति चेतनाका कविता

  • by

हिंसा विरोध, शान्ति अठोटको सङ्कल्पलाई सघन बनाउँदै कवि दीपेन्द्र अधिकारी ‘क्रान्ति र कविता’ कवितासङ्ग्रहमार्फत् आफ्नो दर्बिलो उपस्थिति जनाउन सक्षम भएका छन् । ५१ थान सिर्जना सामेल सद्य प्रकाशित प्रस्तुत कविता कृति वाणिर्त छन्दका प्रमाणिका, उपजाति, इन्दिरा र स्वागताजस्ता लघु आयामका साथै अनुष्टुप, मन्दाक्रान्ता र शार्दूलविक्रीडितजस्ता लामा छन्द विस्तारमा संरचित छ ।

राष्ट्रिय भावनाका कविता

  • by

नेपाली कविताका फाँटमा तीर्थराज अधिकारी आफ्नो ‘सपनामा हराएको विपना’ कवितासङ्ग्रह लिएर देखापरेका छन् । २०३५ सालको ‘गोरखापत्र’ दैनिक पत्रिकामा ‘मेरो प्यारो देश’ शीर्षकको कविता प्रकाशित भएपछि नेपाली कविताका क्षेत्रमा सार्वजनिकरूपमा देखापरेका अधिकारीका थुप्रै कविताहरू फुटकररूपमा दैनिक तथा मासिक पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन् तापनि प्रथम प्रकाशित कवितासङ्ग्रह भने ‘सपनामा हराएको बिपना’ नै हो ।

नाट्यसाहित्यको गहकिलो समालोचना

  • by

नेपाली साहित्यको अनुसन्धान-समालोचनाका क्षेत्रमा डा. कुमारप्रसाद कोइराला (२०१३) आफ्नो दोस्रो कृति (पहिलो नेपाली आख्यानको अध्ययन, २०५८) लिएर आएका छन् । नेपाली पाठकका सन्दर्भमा सिर्जनालाई ‘अन्धाका देशमा ऐनाको व्यापार’ ठान्दाठान्दै गरिएको यो रचना नेपाली नाट्य साहित्यको अध्ययनतर्फ विद्यमान खाँचो पूरा गर्ने काममा मनग्गे सहयोगी हुने देखिन्छ ।

निबन्ध शिल्पीको नयाँ कृति

  • by

नेपाली गद्य साहित्यका महान् शिल्पी, निबन्ध, नियात्रा र संस्मरणका क्षेत्रमा सिद्धहस्त वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको नवीनतम कृतिका रूपमा २१ गद्य रचनाहरूको पुस्तक ‘चरी भरर’ पाठकसमक्ष आएको छ । नमस्तेदेखि आँसु छचल्किँदै जान्छसम्म दर्जनौं गद्य कृति पस्केर नेपाली साहित्यका गद्यका पाठकलाई लठ्याउन सफल डा. तारानाथ शर्माको प्रस्तुत कृतिलाई विषय र शैलीको पूर्ववत् उचाइमा राखेर भन्दा उहाँको जीवनका उतार- चडावका दस्तावेज, निजी जीवनका घनघोर पीडाहरू, पाताल अर्थात् अमेरिका पुनः भासिनुपर्ने वाध्यकारी अवस्था, असन्तुष्टि, आक्रोश, आवेग र अन्तरमनका ज्वारभाटाका रूपमा लिएर हेर्नुपर्ने हुन्छ । यहीरूपमा हेर्दा मात्र यो कृतिप्रति न्याय हुन्छ, अन्यथा पाठक निराश हुने अवस्था आउन सक्छ ।

युवाप्रेमको चक्रवात देखाउने उपन्यास

  • by

नेपाली साहित्यमा मेरो पुस्ता खोइ भनेर उपन्यास लेखी आफ्नो पुस्ताको दरो उपस्थिति बोध गराउन खोज्ने उपन्यासकार हुन् दीपकिरण शर्मा र उनको पहिलो औपन्यासिक कृति हो ‘चक्रवात’ । एउटा भरखरैका युवाले लेखेको हुनाले यो उपन्यास प्रेम विषयमा लेखिएको छ । हुनत यस उपन्यासमा नेपालको समकालीन राजनीतिक विसङ्गति र विकृतिको चित्रण छ ।

‘सन्त्रस्त आँखाहरु’ माथि समालोचनात्मक दृष्टि

  • by

मातृका पोखरेलको कथा कृति सन्त्रस्त आँखाहरू (२०६१) यतिखेर मेरो हातमा परेको छ । प्रगतिवादी साहित्यतर्फको चिरपरिचित नाम हो, मातृका पोखरेल ।

लोकतान्त्रिक बढुवामा म

  • by

म कर्मचारी मात्र हुँ कि लेखक ? म आफैँलाई थाहा छैन । म लेखक कम कर्मचारी हुँ कि, कर्मचारी कम लेखक हुँ, छिनोफानो भएको छैन । ऋणपन गरेर वा आधा पेट भए पनि खानचाहिँ कर्मचारी भएबापत पाएको छु तर जागिरसँग म खुसी छैन । म लेखनीबाट भने मोहित भएको छु, त्यसैमा मलाई आनन्द छ । गौरव लाग्दछ लेखक हुन पाएकोमा तर म पेसाले कर्मचारी छु । २५ वर्षदेखि सरकारी नोकरीमा उनिएर पेट पालना गर्दैआएको छु । मैले कहरमा जागिरे डुङरगा र रहरमा लेखकीय डुङ्गामा एकैसाथ शयर गर्न खोजेको रहेँछु क्यार ।