Skip to content

श्रेङ लक्ष्मी चोङवाङ

नुमा र याद

थाहा छैन नुमा,
पोहोरको हुरीले
मेरो सम्झानाको टुक्राहरू
तिमीसम्म ल्यायो कि छैन ।
तर कोषौ टाढा भए पनि
तिम्रो यादका मझेरीहरू नियालिरहेछु,
निराशाको बादल नहटे पनि ।

दिवायात्री

म सयको रफ्तार मापन गर्न चुकेको,
एउटा अनौठो यात्री ।
समय
रात अनि दिन दुवै पाटोमा
समान रुपले दौडिरह्यो,
म साँझ र रातसँग
आत्मसमर्पणमा आफ्नै सौदा गरेर