Skip to content

जेबी खत्री

J

तिमी हिँड्ने बाटो पनि

तिमी हिँड्ने बाटो पनि आफ्नै जस्तो लाग्थ्यो
बरपिपलको चौतारी पनि काख जस्तो लाग्थ्यो

रूखका डाली-डाली चरी नाँच्दै गाउँदै आउँदा
एकैछिन् छहारीमा बसी बिताऊँ जस्तो लाग्थ्यो