Skip to content

बिकाश आचार्य

सुन को दर्पण

सुन को दर्पण सुन्दरी लाई, खर्पने लाई खर्पन
फुल को वचन मन छुनी लाई, चोथाली लाई चड्कन

चन्द्रमुहार हँस्यौली को, नबोल्ने लाई कट्टी
नाईटो मुनि ट्याटु हान्नी, ब्युटीफुल बट नट्टी

जडीबुटि आयुर्बेद लाई, परमेश्वर लाई पुजा
धक्कु लाउने धुरन्धर को इज्जत धुजा धुजा

काउली कवाब शाकारी लाई, मांसारी लाई अण्डा
बाटो ढुकी झ्याङ्ग मा लुकी बस्छ सुकुलगुण्डा

बार्दली मा बाँदरनी आई, जुम्रा समाइ देउ न
पातली को डडेल्नो र ढाड् कन्याई देउ न

लप्पन छप्पन झिल्के ड्राइवर, तरुनी मसक्कै
भिर को तल, खाल्डो मुनि, यात्रु गण भुतुक्कै

मुखै तितो करेली ले, मन तितो बचन ले
आरीसे को रिस को पोको, फुटाई देऊ न घन ले

लोभी ज्वाँई

लोभी ज्वाइँको जिब्रो पोल्यो तातो घ्युले च्वाम्मै
कुरा लाउने आफन्तलाई सिस्नु पानीझ्याम्मै

डाडु चलाऊ पन्यू चलाऊ, थुतुनो नचलाऊ
घमण्डी र पाखण्डीलाई केहीमा नि नबोलाऊ

भोल्युम बढाउ

उठ, भाग, जाग, आज
तान राग, झुम नाँच
खुम्चिएको तन फुकाउ
भोल्युम बढाउ, यो गीत सुनाउ

हाँस, खेल, बाँच, बोल
बन्द मन को ढोका खोल
सुर मिलाउ, बिगुल बजाउ
भोल्युम बढाउ, यो गीत सुनाउ

जिवन

एसै त यो जिवन भारी, के गरुँ म धन ले
रुपिँया पैसा ले नहुने, हुन्छ आफ्नोपन ले

फलाम लाई चोट कति, लोहारे को हात मा
हर्ष यति मर्म उति, जिन्दगी को पात मा

प्राण सास हुन्जेल आश, नाम यो जिवन को
कालदृष्टि बराबर को, धन हो या निर्धन हो

जाँउ जहाँ जति टाढा, याद सेरोफेरो
राख भस्म सब खरानी, न तिम्रो न मेरो

प्रारम्भ

ज्वाला ज्वलन्त जलाई जीवन मा जिउनु छ जुनै प्रहर
कण कण मा कम्पन्न जागृत गराइ मेरो मुर्दा जगाउने रहर

कुन कालखण्ड, कुन समय-सन्दर्भ, कुन साइत प्रतिक्षा गरुँ
जुन स्थान मा छु, म जुन साँस मा छु, किन न प्रारम्भ गरुँ