Skip to content

बिकाश आचार्य

बिहानी घाम सुनौलो किरण

खुर्केर मयल मन को जान्छ कसरी भँनु म
आकाश को तारा औँला मा भाँची कसरी गँनु म

झरेको पात ओईलिँदै गयो, कुन जुक्ति गँरु म
फुटेको पिँध माटो को घैला कसरी भँरु म

सृष्टि को संसार उनै को हात मा, दुई हात जोँडु म
फुलेको फुल, यो पापी हात ले कसरी तोँडु म

दुष्ट छ मति, जानेर गुणगान, कसरी गरुँ म
साँप हो डस्छ, दुध ले प्याला, कसरी भरुँ म

असल कार्य हात ले हैन बुद्धि ले गर्ने हो
चक्कु को धार को के दोष छ र, मान्छे ले मार्ने हो

बिहानी घाम सुनौलो किरण आशा को संकेत हो
हारेर आफ्नै अहम् लाई जित्नु प्राणी को जित हो

चिता बनाई दिनु

हेर्दै नहेरेको जस्तो गर्दै हेरी दिनु
हल्का अलिकति यसो पर्दा सारिदिनु
मेरोभन्दा बढी चिन्ता दुनियाको लागे
प्रेमको घाँटी अँठ्याएर भुँईमा फाली दिनु

मान्छे मार्ने लाई नरभक्षि भनिन्छ

कठोर मुटु लाई आँशु ले छुँदैन
मान्छे रुवाउने को बुद्धि हुँदैन
अर्का लाई मार्ने लाई परभक्षि भनिन्छ
मान्छे मार्ने लाई नरभक्षि भनिन्छ

संकुचित बिचार मा खुलापन हुँदैन
नखोली बोल्ने को बिश्वास हुँदैन
कुरा पचाउनु लाई रणनीती भनिन्छ
लाज पचाउनु लाई राजनिति भनिन्छ

हर ज्वाला को रूप आगो हुँदैन
राप त हुन्छ तर तातो हुँदैन
बिना आवाज को हल्ला लाई अशान्ति भनिन्छ
बिचार को बिस्फोट लाई क्रान्ति भनिन्छ

नफाटेको मन लोई उधारेर सिलाई दिएँ

बिझ्ने गरि दुई चार शब्द प्याच्चै सुनाइ दिएँ
बचन को थप्पड़ बनाई मन मा लगाई दिएँ
नराम्रो त लागेन है? भनि अन्ठ्याँई दिँदा
गह भरि आँशु टिलपिल टिलपिल बनाई दिएँ

बुझ्नु पर्ने उस्ले जिन्दगी मा धेरै थियो
वाताबरण उसको लागी सहज बनाई दिएँ
भुलाएर आफै लाई याद बाट उसको
जिन्दगी भर नबिर्सिने पाठ सिकाई दिएँ

कहाँ सम्म जान्छौ

ताप अति भए पछि उम्लेर छड्किन्छ
बिना बारूद बन्दुक पनि त्यसै काँ पड्किन्छ

मुटु खस्रो जस्को, तेस्ले, सब को खेदो खन्छ
कुभलो चिताउने को कान, कौवाले खान्छ

सरकार बन्न मन लाग्यो

जिन्दगीको लामो कुरा छोटकरीमा गर्न मन लाग्यो
अलिकति इमान बेचेर बेइमान बन्न मन लाग्यो

कलमले त लेख्नु लेखियो, अब तरबार हेर्न मन लाग्यो
झुपडी मै बित्यो जीवन, अब दरबार हेर्न मन लाग्यो

सबै गुम्सिएर बस्या छन्

कोई लाटा छैनन
सबै गुम्सियेर बस्या छन

को हो ब्वाँसो कसले ओढछ
भेडा को छाल था छ
मौका पाए देशे बेच्ने
को छन दलाल था छ

अंगुर अमिलो खान्न भन्ने
को हो स्याल था छ
एक्लै हुँदा चुहिने गरी
काढ्छ ऱ्याल था छ

बाटो हिड़ने तरुनि लाई
नजर को हाल था छ
लोग्ने लाई स्वास्नी को
एक एक चाल था छ

अख़बार मा समाचार को
के हो जाल था छ
छिमेकी लाई छिमेकी को
हर बबाल था छ

कोई लाटा छैनन
सबै गुम्सियेर बस्या छन

जीवन जिउने लाई उपहार हो

जस्ले जिउँद छ
उस्ले जान्द छ
जस्ले जान्द छ
उस्ले जिउँद छ

जीवन जिउने लाई उपहार हो
केवल बाँच्ने लाई अन्धकार भो

सबै लाई उहि बरसात हो
जो जिउँद छ
उ रम्द छ
जो बाँच्द छ
उ भिज्दछ

जहाँ हाँस्ने लाई बहार हो
त्यँही रुने लाई पहाड़ भो

माँया र प्रेम भाव नै
आत्मा-आत्मा जोड्ने तार हो
ब्रह्माण्ड मायाजाल हो
जीवन त एक प्रकाश हो

ज जस्ले यो बुझ्दछ
उ स्वयं सँग जुड़दछ
नबुझ्न खोज्ने मान्छे नै
संसार मा भुल्दछ

केही पाईने आश मा
सँधै भरी ऊ डूल्द छ

ऊ डूल्द छ
अनि डूल्द छ

खै के खै के जस्तो लाग्यो

खै के खै के जस्तो लाग्यो

गाँउ भन्दा शहर बाक्लो
शहर झनै रित्तो लाग्यो
ठूला-ठालू बस्ने ठाँउ को
बोली-बचन तितो लाग्यो

चिल्ला भवन फुस्रा मान्छे
ब्यवहार मै दुर्गन्ध आयो
शहर भन्दा आफ्नै गाँउ को
माटो मा सुगन्ध लाग्यो

सरल जीवन उच्च बिचार
देखावटी ब्यर्थ लाग्यो
सबै महान् पुस्तक को
उही त हो नि अर्थ लाग्यो

सुन चाँदी हिरा मोति
जीवन हैन जस्तो लाग्यो
सबै कुरा हुँदा हूँदै
के छैन छैन जस्तो लाग्यो

बाऊ बाजे का उखाँन टुक्का
सुन्न लाई चिटिक्क लाग्यो
कुरा जति बुझे पनि
मुख ले मात्रै ठिक्क लाग्यो

टिप टिप बृष्टि

टिप टिप बृष्टि, टिपन टापन शब्द
शिरी शिरी बताश, मृदु मृदु सुबास
चिर्र-बिर्र चरी, संध्या को बेला
सम्झना मै बस्यो, लुकामारी खेल्या

पहिले को पुग्ने, भन्दै हामी कुद्थ्यौ
त्यो भुताहा घर छेउ, अम्बा चोर्न जाँदा
बुद्धि धेरै नहुँदा, सानो हामी हुँदा
मज्जा कति आँउथ्यो, त्यो “touch me not” छुँदा

रिमझिम रिमझिम बर्षा
छ्याप्प छिप्प हिलो
पुरयाईदिन्छ कस्ले
भयो स्कुल जान ढिलो

प्लिक्क बत्ति बल्छ

घोच्नै परे सुत्दा सुत्दै ओछ्यान ले नि घोच्छ
पैसा को मुख देखे पछि मुटु ले नि सोँच्छ

पर्नै परे बिना बादल घाम पानी पर्छ
टर्नै परे सुख दुःख जसरी नि टर्छ

फुल्नै परे डाँडा काँडा लालीगुराँस फुल्छ
कस्ता कस्ता अभागी को छिन मै भाग्य खुल्छ

ईज्जत फाल्दै हिँडे गाँउ शहर कुरा चल्छ
बुद्धी लगाए गमला मा सुन्तला नि फल्छ

चढ्नै परे आँखा को नशा ले पनि चढ्छ
लाटो एक लडे बाठो तीन बल्ड्याङ्ग लड्छ

ठोक्नै परे दिन-दुःखी लाई जस्ले पनि ठोक्छ
टोक्नै परे घर मै पाल्या कुकुर ले त टोक्छ

कोपिला पात फुले पछि जवानी ले पोल्छ
बोल्नै परे लाटो ले नि ईशारा मा बोल्छ

माया को भुत चढे पछि मुटु पनि जल्छ

खाली खल्ति भुक्खा पेट

चङ्गा चेट रित्तो प्लेट
खाली खल्ति भुक्खा पेट
एक्लो रात पिपल पात
अलख निरञ्जन नारी जात

कड कड नोट नियत खोट
नजर कटारी दिल मा चोट
मादक यौवन सुन्दर ओठ
बुद्धं शरणम पिपल बोट

टिम टिम तारा चञ्चल रात
सुमधुर मनोहर शितल बात
दुनिँया भयंकर घातम घात
रक्ष्या गर हे पशुपतिनाथ

उसको आफ्नै काइदा छ, मेरो आफ्नै काइदा छ

उ नदी सरी पछाडी कहिल्यै मुडिन
म समुन्द्र झैं अगाडि कहिल्यै बढिन

शुरुवात किन मैले नै गरुँ जहिले
उसको आफ्नै काईदा छ, मेरो आफ्नै काईदा छ
थाहा छ सम्बन्ध खुकुलिँदै छ अहिले
न उस्लाई फाईदा छ, न मलाई फाईदा छ

मेरो आफ्नै स्वाभिमान, म कहिल्यै झुकिन
उस्को आफ्नै अभिमान, बुझाँउदा बुझिन

उठाएर हात मैले नै किन मिलाँउ पहिले
उसको आफ्नै काईदा छ, मेरो आफ्नै काईदा छ
रिसाएर रात झन छिप्पिदै छ अहिले
न उसलाई फाईदा छ, न मलाई फाईदा छ

एउटा खयाल आको छ

कभी कभी मेरो दिल मा पनि एउटा खयाल आको छ
शहर को हावा मा सीमेन्ट बढेर, मुटु पत्थर को भाको छ

बच्चा लाई नसोध्ने गर, पछि के बन्नु छ
ठुलो भई दिन्छ जवाब, मलाई बच्चा नै हुनु छ

चोर डाँका लाई कद्र गर्ने समय बेला आको छ
संसद भवन गई हेर, को को साम्सद भाको छ

कोईली को मिठो भाका, पट्टु ले नि गाको छ
केटा ले फुल-पाइन्ट, केटी ले कट्टु लाको छ

सोंची सम्झी बोल्नु थियो, रिस ले मान्छे आगो छ
फाट्या भाग्य टाल्नु थियो, न सियो छ न धागो छ

आफु सज्जन अरु सबै दुष्ट भ्रष्ट भाको छ
सब ले आफ्नो घर को ऐना हेर्ने बेला आको छ

लामखुट्टे ले चुस्थ्यो रगत, सरकार ले चुस्ने भाको छ

सब लाई sorry भने

रेकर्ड गरि जब स्वयं आफ्नै ध्वनि सुनें
हात जोडी मन मनै सब लाई sorry भनें

अतित का प्रत्येक अध्याय पाना पाना गने
सोँचे कस्तो मान्छे थिएँ, आज कस्तो बने

एक पाईला दुई पाईला, हजार सपना बुने
सपना टुट्यो खुट्टा दुख्यो, मन मनै गुने

कथा सब को सुन्नु थियो, आफ्नै मुख थुने
निसास्सिएँ, आज आफ्नै अन्तर्ध्वनि सुनें

पानी को रूप रङ्ग हुँदैन

गम्भीर मुद्रा मा बस्दै मा
कोही बुद्धिमानी हुँदैन
चचँले छ भन्दै मा
खुट्टै मा गिदी हुँदैन

आत्मा लाई छुने आत्मा हो
देखावटी ले छुदैँन
मुख ले त खाली बोल्ने हो
बोल्दै मा केही जाँदैन

मन मा चसक्क नबिझी
कोही भित्रै देखि रुँदैन
आँखा को आँशु त पानी न हो
पानी को रूप रङ्ग हुँदैन

प्राण भिज्ने कुरा

नभएकै भए बेश
सत्य छल्ने कुरा
शब्द शब्द बिष छल्काई
मुटु जल्ने कुरा

नभनेरै भन्न मिल्ने
मनोघात का कुरा
पिँजाएर धार टल्काई
मुटु रोप्ने छुरा

नभिजाए कै बेश
चिसा लतपत कुरा
तप्प तप्प आँशु छल्काई
प्राण भिज्ने कुरा

थुङ्गा थुङ्गा बजार

समेटेर राखुँ हर मोड को खुशी हजार
हरेक फुल को आफ्नै कथा, थुङ्गा थुङ्गा बजार

छन्द छन्द कबिता मा, मन त ऐंसेँलु मा
माथी माथी उड्ने पंक्षि, सधैँ बादलु मा

रातो रुमाल मखमल को, साडी जापानै को
रातो रिबन, रातै चुरा, रंग बैगुनी को

असार पंध्र दहि च्युरा, साउन पंध्र खिर
माछा मिठो मलेखु को, आउ है तिरै तिर

काँठे पारा कँठिनी को, च्वाट्ट मिठो क्वाँटी
क्वाँटी भित्र झोलै झोल, साउनि कस्ती बाठी

मगन्ते को सधैँ भरी दाँत ङिच्च ङिच्च
जातै घुमुवा कुसुन्डो को, नाङ्गो भताभुङ्ग

खुर्पा हाल्ने खुर्पेटो, डोरी नाईलन को
बोली मिठो तरुनी को, मुटु आइरन को

डाँफे मुनाल डाँडा काँडा गुराँस ढकमक्क

सिस्टम दाँया बाँया

ताप्के राम्रो बिरगन्ज को, नारायणघाट को केटी
छड्के नजर, कालो कपाल, तरकारी लाई मेथी

पानी चिसो पँधेरी को, बयर मिठो बन को
डोको भरी माँया तिम्लाई मेरो चोखो मन को

दोहोरो भाका दोहोरी को, ओढ्ने लाई दोसल्ला
गित मिठो सुन्ने लाई हो, बैरागी लाई हल्ला

चरसि लाई चरेस कै धुन, गँजेडी लाई गाँजा
रूपमती चमेली को हाँडी दुल्हा राजा

अभागी को पुर्पुरो मा दिन रातै पहिरो
लाटी सोझी सुन्तली को लोग्ने मोरो बहिरो

कच्च कच्च कैंची चल्यो हजामे को हात मा
चौटा खान गाको तिमी आलु थियो पात मा

बनचरी लाई बन को पीर, मनचरी लाई मन को
धागो को भर कन्दनि लाई, हाम्लाई के को टंटो

झाँक्री ले बचाउँछ

छुर्पी राम्रो चौरीगाई को, शेर्पिनी को तोङ्गबा
रातो स्याउ हेलम्बु को, काईदा यार्सागुम्बा

जाडो महिना घाम ताप, भोगटे लाई साँध
उत्ताउली र भुस्तीघ्रे लाई पाता कसि बाँध

कोक्याउँछ कर्कलो ले, पानी मा भिजाउनु
ठस्की बस्ने च्याँखुरी लाई के गरी रिझाउनु

गोलभेंडा झैं गुडुल्किने भै गो जिन्दगानी
नुन मरीच धनिँया र हरियो खुर्सानी

फुल को रस माहुरी लाई, कनडेडो लाई फर्सी
अल्छी को काम कुर्ने हो घाम, आज भोली पर्सि

ठिटी लाई ठिटो चाहिने, घोप्टे लाई नेप्टि
ढकनी लाई ढ्क्की टिकी, मोहि लाई ठेकी

घिच्नु घिची तीन हाँडी ले, मुला ले पचाउँछ
ज्वरो आए तैं जाँठी लाई, झाँक्री ले बचाउँछ