बृखमन साख
“दु:खको कुरा”
“दु:खको कुरा”
तिमीले जती धेरै खोट लगाए पनि
छैन मैले तिमीलाई चोट पु-याएको
तिमीले मेरो दिल दुखाए पनि
छैन मैले तिम्रो चित्त दुखाएको
खै किन हो तिम्ले मेरो विश्वास तोडेको
तर छैन मैले मेरो मन अन्त कतै मोडेको
तिम्ले मेरो कुरा काट्दै हिंडे पनि
छैन मैले तिम्रो कुरा कतै काटेको
तिम्ले मलाई टाढाको सम्झे पनि
छैन मैले तिमिलाई पराई सम्झेको
तिम्ले अन्तै नाता जोड्न लागे पनि
छैन मैले तिम्रो विश्वास तोडेको
“तिम्लाई भुल्न खोजेर म”
“तिम्लाई भुल्न खोजेर म”
फुल बनेर फुल्दैनौ तिमी भने म भमरा बन्न चाहन्न
तिम्लाई भुल्न खोजेर म आफैलाई भुल्न चाहन्न
कहिले काही सोच्दा लाग्छ तिमी नै मेरो संसार हौ
लाग्छ अब त तिमी नै मेरो जीवनको आधार हौ
तिमीले मात्रै सक्छौ मलाई स्वर्ग यहि दिलाउन
कसैले सक्दैन मलाई मायां रुपी अमृत पिलाउन
देवी देउता भाकी मठ मन्दिर धाउन म चाहन्न
तिम्लाई भुल्न खोजेर म आफैलाई भुल्न चाहन्न
मेरी मनकी रानी तिमी नै हौ म अरुलाई चाहन्न
तिमी मेरी भैनौ भने म यो पृथ्वीमा रहंदै रहन्न
तिम्लाई भुल्न खोजेर म आफैलाई भुल्न चाहन्न
तिम्लाई भुल्न खोजेर म आफैलाई भुल्न चाहन्न
