Skip to content

बृखमन साख

खाटो बसिसकेको त्यो मायांको घाउ

खाटो बसिसकेको त्यो मायांको घाउ ….. २
हाई भनेर तिमीले फेरि कोट्याई दियौ
निको भैसकेको त्यो मायांको घाउ
फेरि सुमधुर बोलिले कोट्याएर बल्झाइदियौ ….. २

“कस्ती मायाँ तिमी”

“कस्ती मायाँ तिमी”

दिई चोट मलाई तिमी रमायौ
मलाई छोडी अन्तै डेरा जमायौ

दिई चोट तिमीले मलाई रुवायौ
मलाई पिडा दिई अरुलाई हंसायौ

हेलो हाई भनि मलाई बोलायौ
मलाई झुठो माया दिइ भुलायौ

मायाको नाटक गरी मलाई डुलायौ
भोली भोली भन्दै मलाई झुलायौ

मलाई त भुलायौ भुलायौ अब
फेरी पनि अरुकसैलाई नभुलाउ

तिमी नै मेरो

तिमी नै मेरो मुटु हौ, तिमी नै मेरो धड्कन
तिमी नै मेरो डाक्टर हौ, तिमी नै मेरो सर्जन

तिमी नै मेरो श्वास हौ, तिमी नै मेरो प्राण
तिमी नै मेरो गीत हौ, तिमी नै मेरो प्रीत

“दु:खको कुरा”

“दु:खको कुरा”

तिमीले जती धेरै खोट लगाए पनि
छैन मैले तिमीलाई चोट पु-याएको

तिमीले मेरो दिल दुखाए पनि
छैन मैले तिम्रो चित्त दुखाएको

खै किन हो तिम्ले मेरो विश्वास तोडेको
तर छैन मैले मेरो मन अन्त कतै मोडेको

तिम्ले मेरो कुरा काट्दै हिंडे पनि
छैन मैले तिम्रो कुरा कतै काटेको

तिम्ले मलाई टाढाको सम्झे पनि
छैन मैले तिमिलाई पराई सम्झेको

तिम्ले अन्तै नाता जोड्न लागे पनि
छैन मैले तिम्रो विश्वास तोडेको

“तिम्लाई भुल्न खोजेर म”

“तिम्लाई भुल्न खोजेर म”

फुल बनेर फुल्दैनौ तिमी भने म भमरा बन्न चाहन्न
तिम्लाई भुल्न खोजेर म आफैलाई भुल्न चाहन्न

कहिले काही सोच्दा लाग्छ तिमी नै मेरो संसार हौ
लाग्छ अब त तिमी नै मेरो जीवनको आधार हौ

तिमीले मात्रै सक्छौ मलाई स्वर्ग यहि दिलाउन
कसैले सक्दैन मलाई मायां रुपी अमृत पिलाउन

देवी देउता भाकी मठ मन्दिर धाउन म चाहन्न
तिम्लाई भुल्न खोजेर म आफैलाई भुल्न चाहन्न

मेरी मनकी रानी तिमी नै हौ म अरुलाई चाहन्न
तिमी मेरी भैनौ भने म यो पृथ्वीमा रहंदै रहन्न

तिम्लाई भुल्न खोजेर म आफैलाई भुल्न चाहन्न
तिम्लाई भुल्न खोजेर म आफैलाई भुल्न चाहन्न