Skip to content

छेपारी मायाँ


कस्तो मान्छेलाई मायाँ गरिएछ
जस्ले मुटु छिया छिया पारी दिई

कस्तो मान्छेलाई मन दिईएछ
जस्ले मेरो मुटु नै जलाई दिई

कस्तो मान्छेलाई आफ्नो भनिएछ
जस्ले मेरो ज्यान नै गलाई दिई

जस्लाई तन मन धन नै सुम्पेँ
उस्ले नै मलाई पागल बनाई

कस्तो मान्छेसँग मायाँ गाँसिएछ
धोकै नपुगी माया फटाई दिई

आँखा चिम्लेर मायाँ लगाईएछ
बिनसित्ती आज दु:ख पाईया छ

चेपारो घसि घसि कुरा गर्थिन
तिमी बाहेक मेरो को छ र भन्थि

मेरो राजा मेरो प्राण मेरो ज्यान
तिमी बिना म बाँच्न सक्दिन भन्थि

तर आज समयले कोल्टे फेरेछ
ऊ त अर्कैको निजी पो भैसकेछ

सुनेको त थेँ तर देखेको थिन
उनी त छेपारो जस्तै पो रैछिन्

मलाई को खाई को खाई गरेर
माछ माछा भ्यागुतो पो पारी दिई

Leave a Reply

Your email address will not be published. Required fields are marked *