Skip to content

संगीत पोख्रेल

यो कस्तो जमाना हो

सीमानामा आज भोलि साँझ बिहानै गोली चल्छ
घर हाम्रो हो, तर यहाँ पराइको बोली चल्छ
न त दशैं, न त तिहार, न त फागु पर्व हजूर
खै किन हो यहाँ त बिनापर्व होली चल्छ ।।

20150114_123220

किन ?

बिर्सी जानु थियो भने तिमीले मायाँ लायौ किन ?
तिमी बिना मर्छु भन्ने झुटो कसम खायौ किन ??

साँच्चै मलाई मायाँ गर्छौ ? भन्ने कुरा सोद्धा खेरी ।
तिमी नै हौ मेरो संसार भन्दै गीत गायौ किन ??

SangeetPokhrel

किन देखाउछौ आश

आफू माथि बढ्नलाई किन देखाउँछौ आश ।
सक्छौ भने शान्ति ल्याऊ अशान्तिलाई नाश ।।

गरिबीले सताको छ जन्ता भोकै मरेका छन् ।
तिमीहरू मिलिजुली मिलाईदेऊ न गाँस ।।

पूर्णिमाको रात प्यारो

तिमी र म सँगै भको पूर्णिमाको रात प्यारो
मेरो मन छुन खोज्ने मिठो तिम्रो वात प्यारो

हरपल हामीसँगै जीवनलाई अघि बढाऔं
हरेक पलमा साथदिने सहयोगी हात प्यारो

केही भन्दा नरिसाउने तिम्रो कोमल हृदय छ
मत्ताउने तिम्रो बोली मलाई त्यही मात प्यारो

सताउँदैछ प्रिया मलाई

प्रियजनको यादले आज सताउँदैछ प्रिया मलाई ।
मायाँ भन्ने कुरा के हो बताउँदैछ प्रिया मलाई ।।

केही गर्न खोज्छु तर तिम्रो यादले सताउँदैछ ।
तिम्रो अभाव आजभोलि जताउँदैछ (खड्किदैछ) प्रिया मलाई ।।

राती आउँछौ सपनीमा दिनभरी सम्झनामा ।
सम्झनाले लठ्ठ पार्दै मताउँदैछ प्रिया मलाई ।।

साथ दिन्छु भन्यौ

हिजो सानो चिनजान्ले सधैं साथ दिन्छु भन्यौ
संसारको सबै माया मेरै लागि किन्छु भन्यौ

म हावा हुँ, पागल हुँ, के नै भर छ र? भन्दा
पागल मेरै लागि भको म नै तिम्लाई लिन्छु भन्यौ