Skip to content
20150114_123220


बिर्सी जानु थियो भने तिमीले मायाँ लायौ किन ?
तिमी बिना मर्छु भन्ने झुटो कसम खायौ किन ??

साँच्चै मलाई मायाँ गर्छौ ? भन्ने कुरा सोद्धा खेरी ।
तिमी नै हौ मेरो संसार भन्दै गीत गायौ किन ??

ब्रत मैले बसेको छु तिम्रै लागि भन्ने गथ्र्यौ ।
मेरो साथ छोड्नु रै छ, मठ मन्दिर धायौ किन ??

सम्झनाले सताउँछ सपनीमा अउने गर्छौ ।
अर्कै दिलमा बस्नु थियो, मेरो दिलमा छायौ किन ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *