Skip to content

रमेश घिमिरे

अजर अमर सपना

‘सपना त ती हुन् जसले मानिसलाई निदाउँन दिँदैनन्’ – एपिजे अब्दुल कलाम

जुन दिन मैले भारतीय पूर्वराष्ट्रपति स्व.एपिजे अब्दुल कलामका प्रेरक भनाइहरूको सूचीमा उक्त भनाइ देखेँ, त्यसले मलाई नराम्ररी छोयो । झिलिक्क बिजुली चम्केजस्तो भयो मेरो सम्पूर्ण चेतना । मुटु ढक्क फुल्यो । ठूलै नयाँ चीज पाएँजस्तो लाग्यो । धेरैबेर ती शब्दहरू र शब्दहरूले दिएका मिहिन भाव र अन्तर्यबारे टोलाई बसेँ ।

सिक्नु एउटा सुरुवात

मेघ नलागेको दिन झुर्लुक्क घाम झुल्केपछि सफा पोखरी वा तलाउमा हेर्दा पानीभित्र सूर्यको कोमल फूल फुलेको देखिन्छ । लाग्छ, सूर्यको त्यो आभा मानिसको मुहारमा पोखियोस् । सूर्यको त्यो मुस्कान मानिसको ओठमा टाँसियोस् । अनि भरियोस् सधैंसधैं जिन्दगीमा त्यस्तै अनन्त ऊर्जा ! त्यस्तै अपार जोश र जाँगर !!