Skip to content

प्रज्ज्वलराज चापागाइँ

धनी देशमा खेताला हुँदा

  • by

मिर्मिरे बिहानीमा बसबाट फुत्त झर्दा त क्षितिज छिचोल्ने फाँटमा पो पुगिएछ। चार–पाँचसय हेक्टरको गरामा पङ्क्तिबद्ध उभिएका रहेछन् कपासका बोटहरू। गराका चारैतिर मोटरबाटो अनि ठूला–ठूला कुलाहरू। बिहानीको सिरसिरेमा धीत मरुञ्जेल हेर्न पाएको थिइनँ, जर्ज कराउँछ, “कोदालो समात अनि तीन ड्याङ्ग पछाडि उभ।” एलेन, अलवर्ट, एडम, सेप्तो, रिचर्ड, फियोना, मार्गरेट, माइकल, मिया, डेभिड, जान्डो, एलेक्स, लेसली र मीनसँगै म पनि हत्तपत्त कोदालो समाउँछु। अनि जर्जले भने झैँ उभिन्छु। जर्जकी प्रियसी कोलेन कराउँछे, “कपास गोड्न थाल।” झण्डै ३० जनाको समूह ड्याङ्गको छेउछाउमा उमि्रएका बिरुवा गोड्न थाल्छन्।