Skip to content

विक्रम सुब्बा

‘मानिस’ जो रहेनौ

  • by

तिमी जब छिर्यौ सरकारमा
तिमीलाई ‘रैतीहरू’ले नचाहे पनि
नमस्कार गरे ‘मन्त्री’का रूपमा
ठीकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ …
हो, कवितामा तिमी मिथक निरंकुशताको अब ।

के के गरेर धन दौलत कमायौ

पाठक

  • by

म पाठक
आमा मेरी पहिलो पुस्तक
मैले पढेको पहिलो पाठ
आमाका झरिला आ“खा
जहा“बाट हरदम वर्ष करुणा
मेरो कलेजो छेउछाउमा पञ्चामृतझै“ पसे
र त मेरो छातीमा नेपालको माया ढलोट भयो
लाग्छ, जसको छातीमा आमाले रोपेको
मुलुक माया गर्न ढुकढुकीको बिरुवा हर्ुकन सक्दैन
सायद, ऊ नै दर्रि्र नागरिक हो ।