म पाठक
आमा मेरी पहिलो पुस्तक
मैले पढेको पहिलो पाठ
आमाका झरिला आ“खा
जहा“बाट हरदम वर्ष करुणा
मेरो कलेजो छेउछाउमा पञ्चामृतझै“ पसे
र त मेरो छातीमा नेपालको माया ढलोट भयो
लाग्छ, जसको छातीमा आमाले रोपेको
मुलुक माया गर्न ढुकढुकीको बिरुवा हर्ुकन सक्दैन
सायद, ऊ नै दर्रि्र नागरिक हो ।
मैले पढेको दोस्रो पाठ
लटरम्मै स्नेहिल चुम्बन फल्ने
आमाका एक जोर ओठहरू
जहा“ फलेका फल खाएपछि
करोड दुःखहरू त्यसै निस्तेज हुन्थे
लाग्छ, आमाको चुम्बन
सबैभन्दा पोषिलो आहारा हो
जसलाई अघाउने गरी आमाले चुमेको हुन्न
सायद, ऊ नै सबैभन्दा कुपोषित बालक हो ।
मैले पढेको तेस्रो पाठ
दूधले भरिएका आमाका स्तनहरू
जसले मभित्र सिञ्चित गरे-
कञ्चन हिमाली जल र मधेसको तातो जाउलो
पहाडी जडीबुटीका सुगन्ध र कन्दमूलको स्वाद
मेची र कर्ण्ाालीको लयदार लोरीका धुनहरू
र त मेरा हरेक अङ्गअङ्ग पुलकित देखिन्छन्
लाग्छ, जसको नसामा आफ्नो देशको हावा-पानी दौडि“दैन
सायद, ऊ नै सबैभन्दा रोगी मानिस हो ।
चौथो पाठमा मैले
कञ्चनजङ्घा, सगरमाथा र माछापुच्छ्रेझै“ फैलिएका
आमाका हातहरू छातीमा टा“सेर पढे“
जुन हातहरूले मलाई अ“गालो हाल्दा
आफूलाई सबैभन्दा सुरक्षित पाउ“थे“
जुन हातका औ“लाहरू समातेर हि“ड्दा
मुलुकको महान् यात्रामा हि“डेजस्तो लाग्थ्यो
आमाका भरोसायुक्त हातहरूमार्फ
मभित्र प्रवेशित ऊर्जाकै धूप जलाएर
मैले सबैभन्दा महान् पूजा गर्न सिके“
लाग्छ, सबैभन्दा ठूलो देवीका रूपमा
आफ्नो मुलुकको मानचित्रलाई
छातीभित्रको मन्दिरमा जसले सजाउन सक्दैन
सायद नै सबैभन्दा पाखण्डी पुजारी हो ।
मुटुमा छल्कि“दो रक्तिम ममता
अनि स्नेहको अन्तिम थोपा पनि यही“ छोडेर
आज चु“डियो आमाको पवित्र रेशमी स्वास
र, यतिबेला नेपालको लाम्चे-आकृतिजस्तै
लम्पसार आमाको पार्थिव शरीरलाई
महान् सूत्रझै“ पढिरहेछु
बिजुली चम्केझै“ क्षणभरमा
टुहुरो हु“दाको विरक्तिलो ज्ञान हासिल भयो
भद्र-भलाद्मी र मलामीहरू उपस्थित
यो दीक्षान्त समारोहजस्तो मातृ-मृत्यु उत्सवमा
दुनिया“मा बा“च्न योग्य भएको प्रमाण-पत्र
सेतो टोपी, खौरेको शिरमा थापिरहेछु
लाग्छ, मानिस टुहुरो नहुञ्जेल
समाज र देशलाई माया गर्न अर्समर्थ हुन्छ
सायद, रु“दै आमाको लासमा
दागबत्ती दिने क्षणबाट नगुज्रेको मानिस
हरफ-हरफमा आमा र मुलुक मिस्सिएको
एक महान् गीत गाउन पनि अर्समर्थ हुन्छ ।
नेपाल साप्ताहिक ३०९