असफल आख्यानको सफल कथा
ध्रुवचन्द्र गौतमको बीसौं उपन्यास ‘एक असफल आख्यानको आरम्भ’ को भदौ ८ मा विमोचन कार्यक्रम रहेछ । त्यसबारे समीक्षकीय टिप्पणी गरिदिन अर्किड बुक्स -प्रकाशक) ले जसै निम्तो गर्यो । गौतमको अलिखित उपन्यासको १८ वर्षदेखिको प्रशंसक भएकाले निम्तो नस्वीकार्ने कुरै थिएन । एउटा निश्चयचाहि“ गरे“ उपन्यास पढ्न सुरु नगर्दै- यो उत्तरआधुनिक-सुत्तरआधुनिक कुरा म कुनै हालतमा गर्ने छैन । उत्तरआधुनिक भएर वा नभएर कुनै कृति राम्रो वा नराम्रो हुने होइन । पहिला त कृतिमा साहित्यिकता, काव्यत्मकता र कलाकारिता हुनुपर्यो । तब त्यो कुनै वादसादको चस्माबाट हर्ेन लायक हुन्छ ।
