दियौ परिचय……. बिराट अनुपम गजल by aviralFebruary 18, 2015 दियौ परिचय किस्ता-किस्तामा दुखायौ हृदय किस्ता-किस्तामा मेरो आँगन चै टेक्नै मान्दैन पापी छ समय किस्ता-किस्तामा त्यो मनले कहिल्यै बुझ्नै सकेन यो दिलको भूक्षय किस्ता-किस्तामा गुलाब दिए मुस्कुराई रह्यौ बुझिन आसय किस्ता-किस्तामा