Skip to content

aviral

दियौ परिचय…….

दियौ परिचय किस्ता-किस्तामा
दुखायौ हृदय किस्ता-किस्तामा

मेरो आँगन चै टेक्नै मान्दैन
पापी छ समय किस्ता-किस्तामा

त्यो मनले कहिल्यै बुझ्नै सकेन
यो दिलको भूक्षय किस्ता-किस्तामा

गुलाब दिए मुस्कुराई रह्यौ
बुझिन आसय किस्ता-किस्तामा

धुमधाम छ यहाँ ……………………..

धुमधाम छ यहाँ ए ठूली स्वागतमा हजूरको
मै भा’छु आज घरमूली स्वागतमा हजूरको

धर्ती उसै खुसी छ, आकास उस्तै खुसी छ
चम्किनेछ त्यो विजूली स्वागतमा हजूरको

सम्झौता आफ्नै जिन्दगी, डुबेर बैँश्को नशामा
मेटुँला दिल्को खुल्दूली स्वागतमा हजूरको

यसरी होस् आगमन्, उत्सव होस् प्यारको
भाँच्छु म कम्मर बारुली स्वागतमा हजूरको

लुक्नेछ जून बादलमा, झुक्नेछ फूल लाजले
रम्नुछ प्रमिल गोधुली स्वागतमा हजूरको

साँझा

चिसो बतासमा, चिसै दुबोमा बिताएको त्यो साँझ

समयले धेरै बसन्त पार गराए पनि

मेरो मनबाट पुरानो हुन सकेको छैन

अनायसै बिझेको कँडा झिकि फुत्त फ्केझै

मेरो मनबाट त्यो साँझ निस्कन सकेको छैन

तिम्रो ओठको दबाबले भीजेका ओठ

अझै आलैबनेर लिबिस्टिकको बास्ना आउछ

हो ,प्रिया तिमिलाई अंगालोमा बेरेका हात

अझै ताजा बनेर मेरो मन सजाउछ

तिमिलाई मैले बारम्बर सम्झन खेजेर हैन

बिर्सन नसकेर त्यो सँझको चित्र

त्यै साँझ बनेर आईदिन्छ

स्र्णीम आन्दमा बिताएको त्यो साँझले

बरम्बार मलाई ताजकी दिन्छ

निस्पटक अध्यारोमा बिताएर होला

तिम्रो छातीमा छिर्के हानी काखमा सुताएर होला

book cover

थिएटर र आँखाहरु यहाँहरु माझ

समाजका सुन्दर कुरालाई टपक्क टिपी मञ्चन गर्नु र समाजका बिकृती र बिसंगतीलाई सु सुजीत गरी सिङ्गो समाजलाइनै सहि दिशामा ल्यौजाने काम थिएटरले गर्न सक्छ ।थिएटर मात्र यस्तो कला हो जसमा जीवनका सारा घटना समाबेस गर्न सकिन्छ ।हाल नेपालमा यस बिधा केही ओझेलका माज पनि यदा कदा सुनिदै आएको भएतापनि मोफसलमा यसले आफ्नो गोरेटो पकड्न सकेको छैन तर नाट्य संग्रहको कुरा गर्दा सुन्यनै भन्दा फरक पर्दैन ।