Skip to content

कुमार यात्रु

KumarYatru

कृष्ण प्रधान : देउराली भाकेर पानी जोखाना

कवि कृष्ण प्रधानको जीवन र काव्ययात्रामा विरोधाभाषपूर्ण स्थितिबाट अगाढि बढिरहेको छ । एकातिर प्रशासनिक संयन्त्रको विशिष्ठ जिम्मेवारी अर्कोतिर स्वतन्त्र, स्वायत्त सिर्जनात्मक क्रिया आफैमा नदीका दुई भँगाला छन् । तथापि कवि प्रधानको पहिचान, व्यक्तित्वको सगरमाथा लेखकीय फाँटमा नै चुलिएको छ । राष्ट्रिय ढुकुटीको व्यवस्थापन गर्ने विशिष्ठ प्रशासनिक पदको सामाजिक मर्यादाभन्दा दीगो भएर साहित्यिक कित्तामा उनको नाम, सुवास फैलिएको छ ।