कथानकका आधारमा मनोहर पोखरेलको लघुकथाकारिता

विषय प्रवेश
देखेको लेख्ने र लेखेको नदेख्ने सर्जकहरूमध्ये एक हुन्– मनोहर पोखरेल ।
विषय प्रवेश
देखेको लेख्ने र लेखेको नदेख्ने सर्जकहरूमध्ये एक हुन्– मनोहर पोखरेल ।
यस लेखमा प्रवासबाट समाजको विकासका लागि लागिपरेका सुदूरपश्चिमका मनकारी अभियन्ता बलदेव चाडको व्यक्तित्वमाथि प्रकाश पार्ने कोशिश गरिएको छ ।
Read More »मनकारी अभियन्ता बलदेव चाडसमकालीन साहित्य लेखनमा लम्कँदै गरेका एक अथक अक्षरयात्री नन्दलाल आचार्यको विषयमा लेख्न बस्ता कहाँबाट सुरु गर्ने आफैँ अलमलमा परेको छु । तथापि उनका कथाकारिताको विषयमा केही लेख्तै छु ।
Read More »नन्दलाल आचार्यको कथाकारितापल्लव साहित्य प्रतिष्ठान भरतपुर नगर पालिका –४ विशाल मार्ग नारयणगढ, चितवनमा अवस्थित छ । चितवन विविधताले सजिएको, नारायिणी नदिको किनारमा अवस्थित, देवघाट तथा देवधामको पवित्र वायुले मगमगाएको एउटा सुन्दर जिल्ला हो । नारायण घाट, शैक्षिक संस्था, साहित्यिक संस्था लगायतले सुशोभित सुन्दर बजार पनि हो । यस्तो सुन्दर नगरमा, पल्लव साहित्य प्र्रतिष्ठान एउटा विशुद्ध साहित्यिक संस्थाको रूपमा जल्दो वल्दो अग्रसरता देखाउँदै विभिन्न साहित्यकारका विविध विधाका कृतिहरू प्रकाशन गर्दै आएको छ ।
संस्कृत साहित्यका महाकवि कालिदासको मूर्खताका बारेमा अनेकौँ रोचक किम्बदन्तीहरू छन् । उनी रुखमा चढेर रुखको हाँगो काट्दा टुप्पातिर बसेर फेदतिर बञ्चरो चलाउने गर्थे । यो तहको मूर्खता थियो उनमा ।
एकचोटी मावली घर जाँदा एउटा किताब देखेछन् । किताबका अक्षरहरू हेरे, अनि उनी ग्वाँ ग्वाँ रुन थाले । उनको रुवाइदेखि सबै आश्चर्यचकित भए, उनलाई फकाएर सोधियो, “बाबु किताबको अक्षर हेरेर किन रोएको ?” उनले जवाफ दिएछन्, “मेरो त्यति मोटो ‘क’ दुब्लाएछ । त्यसको माया लागेर रोएको ।”
मानिसहरू यो धर्तीमा एक एकओटा कामले आएका हुन्छन् । काम विनाका मानिस कोही हुँदैनन् । जन्मिदै प्राप्त भएका कसैका सीपले, कसैका ज्ञानले र कसैकसैका असीम प्रतिभा शक्तिका कारण जीवनमा मानिस आफ्नो कर्तव्य निर्वाह गर्दै जाँदा संसारबाट जाने बेलामा आफूलाई अमरत्व बनाइसक्छ । संसारमा अमर व्यक्तित्वहरूको जीवनी बुझ्दा धेरथोर यो कुरा पत्तो पाइन्छ । उसो त संसारमा जति पनि मानिसहरूको आगमन हुन्छ तिनीहरूको आफ्नोआफ्नो ड्युटी हुन्छ । सो पूरा भएपछि मानिस महाप्रस्थानको यात्री बन्छ ।
गरिबीले मानिसलाई हृदयको गहन तलमा यात्रा गर्न सिकाउँछ, अभावले मानिसलाई अकाट्य पहाड चढ्न अराउँछ । विश्वका जति पनि महान् स्रष्टा, द्रष्टा, आविष्कारक, खोजकर्ता, अनुसन्धानकर्ता जति पनि छन् तिनमा सय कडा असी प्रतिशत अभाव, गरिबी र दुःखको भयानक बाटो छिचोलेर अगाडि बढेको पाइन्छ ।
हिन्दी साहित्य जगतका प्रेमचन्दको नाम यस लहरमा राख्न सकिन्छ । हिन्दी साहित्यमा प्रेमचन्दले दिएको योगदानलाई चानचुने आँक्न मिल्दैन ।
नेपाली साहित्यमा हरिभक्त कटुवालको जीवनसँग ठ्याक्कै मिल्ने वोदलेरको जीवन पनि रक्सीसँग मितेरी गाँसेरै बित्यो । संसारका कतिपय स्रष्टाहरूको जीवनमा अनौठा–अनौठा तादाम्यताहरू गाँसिएको पाउँछौँ । चाहे भारतीय कवि गोरख पाण्डेको आत्महत्या होस् या नेपाली भैरव अर्यालको आत्महत्या होस् या मायाकोब्स्कीको आत्महत्या होस् ।
अर्को अनौठो साम्यता अमेरीकी स्रष्टा एडगर एलेन पो र वोदलेरको जीवनमा पनि भेट्टाउन सक्छौँ ।
भनिन्छ : अमेरिकी राष्ट्रपति जोन.एफ. केनेडीले प्रयोग गरेको भनाइ– “यो नसोध कि तिम्रो देश तिम्रा लागि के गर्न सक्छ, आफैँलाई सोध कि तिमी आफ्नो देशको लागि के गर्न सक्छौ” उनको थिएन, यो त महान् स्रष्टा खलिल जीव्रानको थियो । उनी साँचो अर्थमा एक मनमौजी फकिर स्रष्टा थिए । सन् १८८३मा लेवनानमा जन्मेका खलिलको जीवनमा एकपछि अर्को दुर्भाग्यको ओइरो लाग्यो ।
उदयपुर जिल्लाको कौवाई गाउँमा बसोबास गर्ने लेखबहादुर कार्कीका लागि कुनै तोकिएको पेशा छैन । उनी जन्मदै लेखक भएर जन्मे किनभने नाम नै लेखबहादुर रहन गयो । लेखेर जीविकोपार्जन गर्न सकेनन् । तसर्थ ठुलो ‘लेखक’ भनी चिनिन सकेनन् । आफ्नो सानो खेतबारी खोस्री हिँडे, कृषक हुन सकेनन् । छोरा–छोरी, नातिनातिना हुर्काएर बसे, गृहस्थ बन्न सकेनन् ।
प्रिचयः—माता रमादेवी र पिता नारयणदत्त अकिारीका पुत्ररत्न रामनाथ अधिकारी सँगीसँग तनहूँ लेखक संघले भव्य साहित्यिक कार्यक्रमको आयोजना गरी दमौलीमा सम्पर्क गरायो। यो सम्पर्कमा उमेरले समकालीन लाग्ने रामनाथजीसँग हात मिलाउँदै परिचय मागे। उहाँले आफ्नो परिचयमा २००५ साल माघ ०८ गते शुक्रबारको दिन गोर्जे गहिरा थोक कास्कीमा जन्मेको धारणा राख्दै मेरो परिचयको लागि कागज र कलम ट्क्र्याउँदै आफ्नो कृति विन्ध्यावासिनी माहात्म्य पूजाविधि आरती भजन भएको सिर्जना दिनु भयो।
सिरहा जिल्लाको गोलबजार नगरकै प्रकाण्ड शैक्षिक व्यक्तित्व भनी चिनिएका भक्तबहादुर राई पिता जुगुतबहादुर राई माता लक्ष्मीदेवी राईको ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०१६ कात्र्तिक १५ गते शुक्रबार गोलबजार–२, सिरहामा जन्मेका हुन् । उनका पुर्खाहरू करिब डेढ शताव्दिपूर्व दिक्तेलको दिङलुङबाट लालपुर–३, टोडके, सिरहा झरेका थिए । सुझबुझको कमिका कारण उनका हजुरबुबा र बुबाहरूले गरिबीमै जन्मेर गरिबीमै बिदा भए । उनले भने मामाहरू लक्ष्मण राई र भरत राईको मद्दत र संरक्षणमा राम्रो संस्कार र शैक्षिक वातावरण पाए । फलस्वरूप गरिबीलाई घटाउँदै र हटाउँदै गए ।
कविडाँडा साहित्य समाज चितवनले हरिभक्त कटुवालको ३८सौ स्मृति दिवस सम्पन्न भएको समाचार मझेरी डट कममा अध्ययन गर्न पाएँ। रामकृष्ण पौडेल अनयासद्वारा लेखिएको यो समाचार पढ्न पाउँदा एकतिर, मेरो श्रद्धेय गुरु हरिभक्त कटुवालजी जस्को प्रेरणाले गर्दा मलाई साहित्यमा लाग्न प्रेरणा मिलेको थियो जन्म जयन्ती मनाएकोमा साह्रै हर्षित पनि भएँ अर्कोतिर नवलपुर र भरतपुर धेरै नजिक हुँदाहुँदै पनि उक्त कार्यक्रममा सहभागी हुन नपाउँदा मनमा खिन्नता पनि पलायो।
बेलाबखत प्रतिभा सम्पन्न बालबालिका भेटिन्छन्। मात्र खोज्दै जानुपर्छ, वरपर धुले बाटोमा धुलैसँग लट्पटिएका पनि हुनसक्छन्। कुटो कोदालोसँग जुद्धै गरेका पनि भेटिन्छन्। अग्रजले वातावरण मात्र दिनुपर्छ, उनीहरू देवकोटा, वाग्नर र नाइटिङगेल बन्न सक्छन्। यस्तै प्रतिभा र सोचले युक्त एक छात्रा/चेलीको कुरा आजको आलेखमा समेटेको छु।
गंगा लिगल नेपाली साहित्यको क्षेत्रम नौलो नाम हैन । उनी नेपाली साहित्यकी एक सशक्त नारीहस्ताक्षर हुन् । उनको जन्म पनि नेपालको सुन्दर ऐतिहासिक नगरी पाल्पामा भएको हो । माथि श्रीनगरको डाँडो जहाँबाट हिमालका सेता हिमछादित टाकुराहरूको अवलोकन गर्न सकिन्छ भने तलको समथल भू–भभाग माडी फाँट कहलाउँछ । यस्ता पर्यटकीय स्थलमा पिता स्व. श्रीगणेश प्रसाद श्रेष्ठ र माता स्व. श्रीमती केशव लक्ष्मी श्रेष्ठकी पुत्रीरत्नको रूपमा जन्म लिएर गंगाले नेपाली साहित्यका विविध विधामाा कलम चलाउँदै आउनु भएको छ र समाज परिवर्तनको वाहकको रूपमा आफूलाई प्रदर्शन गर्दै हुनुहुन्छ ।
साहित्यका महान् साधक तथा अक्षरका तपस्वी महाकवि लक्ष्मीप्रसाद देवकोटा (सम्वत् १९६६–२०१६) नेपाली साहित्यका अप्रतिम प्राप्ति हुन् । उनको एक्लो आगमनले नेपाली साहित्यको आधुनिक कालमा स्वच्छन्दतावादी विचारधारा र आधुनिक निबन्धका क्षेत्रमा आत्मपरकताको अविर्भाव भएको पाइन्छ । त्यसो त नेपाली आधुनिक साहित्यका सबैजसो विधामा उल्लेख्य कृतिहरू दिएर उनले साहित्यको भण्डार मात्र भर्ने काम गरेका छैनन् । आधुनिक कविता र निबन्ध विधामा अनेक मानक स्थान समेत बनाएका छन् ।
प्रा. डा. नरेन्द्र चापागाई र मेरो बीचमा साक्षतकार त हुन सकेन तर २०७४ साल फागुन ५ गते विराटनगरमा लेखकसंघ र प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा वृहत कविगोष्टिमा उहाँको बारेमा तयार पारिएको स्मृतिग्रन्थ भने हात लाग्यो । पढ्न थाले ७२ जना विद्वानहरूले उहाँको नेपाली साहित्यप्रतिको योगदानलाई गहनताको साथमा उठाएको पाएँ । मलाई लाग्यो विभिन्न दृष्टिकोणबाट उठाइएका उहाँप्रतिका आदरभावलाई १–२ पङ्क्ति भए पनि यस लेखमा समावेश गनुपर्छ । त्यसोहुँदा सर्वप्रथम यस कृतिमा लेखिएकै आधारमा उहाँको एउटा छोटो परिचयतिर लागौं ।
अहिलेको वेवको दुनियाँमा धेरै कुराहरू पछि परेर गए । त्यसरी पछि परेका कुराहरुमा साहित्यको स्थान पहिलोमा छ । दुनियाँलाई अहिले हाताहाती र तातो तातो कुराहरुको खानी छ साहित्यका लागि भने यो समय बडो बेइमानी छ । कोही साहित्य पढ्दैन । साहित्यको कुरा परैजाओस् पाठ्यक्रम पनि आजको विद्यार्थीले पढ्दैन, भेटे चोर्छ नभेटे फार्छ । उसलाई मोबाइल र नेट भए भयो । कुनामा पस्यो र कुनामा पसेका अर्कोसँग च्याटको खेती गर्यो । बस यति छ । जय होस् यस इन्टरनेटका युगको । मानवसमाजलाई सपार्न आएको यस नेटको दुनियाँमा मानिस समाज भत्कँदै गएको जस्तो मलाई लाग्छ । मेरो गल्ती हो भने उसैले जानोस्, मावन समाज भोलि कता जाला यो पनि उसैले जानोस् र उसैका हिमायतीले जानून् म के भन्न सक्छु र उसैको बुइ चढेको छु म समेत । धेरै उसको वदनाम नगरूँ ।