Skip to content

सूचना घिमिरे

अधुरो प्रेम

सुरु त्यहाँबाट हुन्छ जहाँ कुनै सुरुवातको सम्भावना थिएन, केही थिएन तर उनीहरू धेरै कुरा भएर पनि केही नभएको झैँ नदीका दुई किनारमा बगर बनेर बसेका थिए । आजसम्म उनीहरूको भेट भएको थिएन, तैपनि दिनका हरेक पलमा भेटघाट हुन्थ्यो- शब्दका लहरहरू मार्फत । भन्न बाँकी केही थिएन चिन्न बाँकी केही थिएन,एक अर्काको अघि किताबका पाना झैँ पल्टाएका थिए । आफ्ना मनमनले मनलाई चिन्न बाँकी थिएन तर पनि अन्जान नै थिए उनीहरू यो समाजको परिभाषाबाट केलाउदा । न कैले भेटेको छ न कैले देखेको छ, दिनभर च्याट गर्दैमा कसरी चिन्न सकिन्छ कसैलाई ।