Skip to content

तेजिन्द्र राना मगर

तिमी हिड्ने

तिमी हिड्ने म हिड्ने, बाटो फरक भए पनि
तिमी अनि मैले टेक्ने, माटो फरक भए पनि

दु:ख परे सम्झिनु, साथी बनी साथ दिउला
तिम्रो र मेरो जीवनको, पाटो फरक भए पनि

दुई मुक्तक

१.
सँगै हुन त एक अर्काको चाहाना मिल्नुपर्छ
जिन्दगी गुजार्ने एउटा बाहाना मिल्नुपर्छ
नजिक हुने मनको दुरी झन टाढा हुन्छ अरे
त्यसैले त भावीले लेखेको लहाना मिल्नुपर्छ

२.
बैगुनिलाई एउटा गुन लगाइदिन्छु
औसिको रातमा जुन लगाइदिन्छु
मान्छे मार्नेलाइ जेल लगे जस्तै गरि
माया मार्नेहरुलाइ कानुन लगाइदिन्छु

डोर्‍याउन सक्दैनौ भने

डोर्‍याउन सक्दैनौ भने, हात नदिनु
चसक्क मुटु बिझाउने, बात नदिनु

लडिसकेछु म तिम्रो साथ माग्दै गर्दा
अँझै झर्ने र लड्ने गरी, लात नदिनु