Skip to content


डोर्‍याउन सक्दैनौ भने, हात नदिनु
चसक्क मुटु बिझाउने, बात नदिनु

लडिसकेछु म तिम्रो साथ माग्दै गर्दा
अँझै झर्ने र लड्ने गरी, लात नदिनु

दिन पनि रात झैँ लागिसकेको बेलामा
औँसीको त्यो अन्धकार, रात नदिनु

समाजले पनि पल-पल मार्दै छ अँझै
जहर मिसाएर खिलाउने, भात नदिनु

तिम्रै यादमा त्यसै त म तड्पिरहेछु
योभन्दा ठुलो मलाई, घात नदिनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *