Skip to content

होम पराजुली उर्फ फकिर चेन्जेबल

अत्यास लाग्दो दिन

म कुनै अत्यास लाग्दो दिनमा,
तिम्रो स्पन्दनको प्यासमा,
यताउती भौंतारीदा,
सुदुर क्षितीजमा तिम्रो मृगतृष्णा देख्छु ।
अनि पछ्याउदै मरुभुमीका पाइलाहरु,
रुमरिल्छु आफ्नै छाँयाका डरलाग्दा भुमरीहरुमा ।
अनि सुन्छु तिमीले कसै सँग
मिठो साउती मारेको ।
म विछिप्त बन्छु ।
अनि आत्तीन्छु,
सपनाका हरेक तरङ्ग टुक्रीदा ।
तिमीलाइ खोज्दै मरुभुमीमा हराएको म,
शायद कहिं कतै कहिल्यै,
फेला पर्दिन होला…..
प्रिय ! मलाइ खोज्ने कोसिस नगर्नु ।

मेरो औकात छैन

हे पृथ्वी !

तिमीले गाँसेको धर्तीलाई

रगतले धोएको देख्दा,

मेरो हृदय क्षतविक्षत हुन्छ ।

तिम्रा सिंगा भूमिहरुमा सिंगा सपनाहरुमा

विभाजनका दुर्गन्धहरु सलबलाउदा,

म भक्कानिन्छु ।

तिम्रो हरेक सीमारेखालाई गिद्धहरुले रातदिन लुछ्दा,

मेरो आंङ जिरिङ जिरिङ हुन्छ ।

अनि म एक्लो रातमा लामा लामा

रुवाइ रुन्छु ।

तिम्रा ति कोमल सपनाहरु

विदेशी मुद्रामा विनिमय भएको देख्दा,

मेरो पैतालाको जमिन भासिन्छ ।

तर म अर्धमृत, अशक्त, अवचेतन

केहि पनि गर्न सक्दिन ।

तिमिलाई म कुन मुख देखाँउ ?

आज आमाको लाज ढाक्न सकिन,

दिदिबहिनीको अस्मीता जोगाउन सकिन,

म दुस्मन भन्दा खराब,